• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबीमा ५ वर्षको अन्तरजातीय प्रेम तोडने षड्यन्त्र तनाबमा प्रेमि

काेचिला खबर by काेचिला खबर
12/23/2021
in समाज
157
SHARES
713
VIEWS
Share on FacebookShare on Twitter

अकबर अलि
दुहबी / सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ का मोहम्मद हकिम साले गत असोज २४ गते जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा आत्महत्या गरेका हुन् वा योजनाबद्ध तरिकाले हत्या गरेका हुन् भन्ने अझैसम्म पुष्टि हुन सकेको छैन । उक्त घटनापछि मृतकका आफन्त र स्थानीयले दिनभर इनरुवा, भोक्राहा लगायत सुनसरीको विभिन्न ठाउँमा सवारी अवरुद्ध पारेका थिए भने जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन तथा झडप गरेका थिए । झडपमा प्रदर्शनकारी र प्रहरीसहित एक दर्जन भन्दा बढी घाइते भएका थिए ।
अन्तरजातीय र अन्तरधार्मिक प्रेम विवाह गरेका कारण भोक्राहा नरसिंह वडा-५ का मोहम्मद हाकिम सालाई पक्राउ गरी हिरासतमा राखिएकोबेला उनले आत्महत्या वा उनलाई कसैले हत्या गरेका हुन् भन्ने घटनाको तीन महिना भन्दा बढी बितेपनि अहिलेसम्म पुष्टि हुन नसकेको र गृह मन्त्रालयले गठन गरेको छानबिन समिति सुनसरी आएर छानबिन गरेर फर्किसकेको दुई महिना बितिसक्दापनि घटना बारे सत्य तथ्य र यथार्थ सार्वजनिक गर्न सकेका छैनन् । स्थानीय सर्वसाधारणहरु यतिबेला सत्य तथ्यको पर्खाइमा बसेका छन् ।
सुनसरीमा एउटा घटना नसेलाउदै पुनः यस्तै घटना दोहोरीन लागेका छन् । जसलाई सम्बन्धित सरोकारवालाले मुख्य विषय बनाइ प्राथमिकता राखेर घटना हुन् बाट जोगाउनु पर्दछ ।
सुनसरीको दुहबी नगरपालिका वडा-१ बस्ने २३ वर्षीय लक्षमण कुमार राम आज भन्दा पाँच वर्ष अघि १८ वर्षको हुँदा घर नजिकैको पशुपति बिस्कुट फ्याक्टरीमा काम गर्थियो । लक्षमण कुमार राम गरिब थिए । गरिब भएकै कारण धेरै पढ्न सकेनन् र आफ्नो परिवारलाई पालन पाेषन गर्नका लागि कलिलो उमेरमा नै फ्याक्टरीमा काम गर्न थाले । राम काम गर्न दैनिक फ्याक्टरी जान्थे । फ्याक्टरी जाने बाटो नजिकै २१ वर्षकी एक युवती संग मायाको पहिलो पाटमा देखा देख हुन्छ
राम भन्छन आफू सधैझै काम गर्न फ्याक्टरी जान्थे । आज भन्दा पाँच बर्स अघि सो युवती १६ वर्षकी थिइन् । यो उमेरमा सबैलाई प्रेम हुन्छ । यो उमेरमा सबैले प्रेमी वा प्रेमीका बनाउछन । हाम्रो समुदायमा प्रायः केटाकेटीले यो उमेरमा नै आफ्नो जीवन साथी खोज्ने गर्दछन । राम र सो युवती पनि प्रेम बिना रहन सकेनन् । रामले फ्याक्टरी जादा युवती लाई सधै हेर्थे र युवतिले पनि रामलाई हेर्न सधै घरबाट निस्किएर सडकमा आएर हेर्ने गर्थे । दुवैजना एक अर्कालाई हेर्दाहेर्दै मुस्कुराउने गर्थे । पर्पोज गर्नु भन्दा अघिनै दुवैलाई माया भइसकेको थियोे तर एक आपसमा पर्पोज गर्न कसैमा हिम्मत थिएन । कारण थियो घरको अभिभावकको डर र त्रास ।
हेर्दाहेर्दै यसैबीच दुवैलाई अब मनको कुरा भनी हाल्नु पर्दछ । धेरै समय खेर गर्नु हुँदैन अब माया भइसकेको अगाडी जे जस्तो हुन्छ हेर्छु भन्दै एकदिन भेटेर आफ्नो कुरा राख्नु पर्दछ सोचे । रामले आज मनको भन्दिनु पर्छ भन्ने हिम्मतका साथ फ्याक्टरी जानेबेलामा युवती सँग नम्बर मागे ।
माया यतिसम्म अगाडि बढिसकेको थियोे कि युवतिले आफ्नो नम्बर गोजीमा नै राखेका थिए रामले भन्ने बित्तिकै युवतिले आफ्नो नम्बर दिइन् । तर रामलाई युवतिले भने तपाई फोन गर्नु मेरो नम्बर होईन । बुवाको नम्बर हो बरु तपाईको नम्बर दिनु म फोन गर्छु भन्ने प्रस्तावपनि राखेका थिए । आजको २१ ओैँ शताब्दीमा कुनै काममा ढिला गर्नै हुँदैन मान्यता छ । सोही अनुरुप रामले पनि उनलाई आफ्नो नम्बर दिन्छु सोच बनाएका सधै कागजमा आफ्नो नम्बर लेखेर गोजीमा हालेर फ्याक्टरी जान्थे ।

युवतिले नम्बर माग्ने बित्तिकै तुरुन्त रामले आफ्नो नम्बर उनलाई दिए । यसरी एक अर्काको नम्बर साटासाट भएपछि सधै कुराहरु हुन् थाल्यो । कुरा हुँदै गर्दा दुवैजनाले अब अलगअलग बस्न सक्दिन भन्ने निर्णय गर्‍यो तर उमेर नपुगेकोले यो कुरा लुकाएर राखे, घरमा कसैलाईपनि भनेनन् । ऊनीहरुले उमेर पुगेपछि मात्रै हाम्रो विवाह सम्भव छ । हाम्रो समुदायमा कम उमेरमा विवाह भएपछि मान्छेहरु फसाइ दिन्छ त्यहीँ भएर उमेर पुगेपछि मात्रै विवाह गर्छु भन्दै राम वैदेशिक रोजगारका लागि करिब १० महिना अघि कतार पुगेका थिए भने ती युवती आफ्नो शिक्षालाई निरन्तरता दिइ रहेका थिए ।
वैदेशिक रोजगारका लागि कतार गएका रामले आफ्नो प्रेमिका सँग सधै राती फोनमा कुरा गर्ने गर्थे । राम विदेश गएपछि एक्लो भएकी युवती उनको यादमा रुदै बसिरहेकी हुन्थ्यो । उनको यादमा शिक्षालाई समेत निरन्तरता दिन सकेनन् । राम कहिले आउछाैँ । मलाई मन लाग्दैन । तिमि बिना बाच्न त के जीवनको कल्पनापनि गर्न सक्दिन । विदेशबाट आउ विवाह गर्नुपर्छ आउदैन भने म मर्छु मेरो मरेको मुख हेर्न मात्रै आउनु यस्ता कुराहरु आफ्नो प्रेमी रामलाइ भन्ने गर्ने गरेको राम बताउँछन् । आउदैनाैँ भने म तिम्रो घरमा अहिले देखिनै बस्न थाल्छु भन्ने गर्थिन । उनलाई रामले यस्तो नगर केहि दिन पर्ख म आउछु अनि विवाह गर्छु भन्ने गर्थे तर प्रेमिले उसको कुरा मानेनन् । आजभन्दा करिब तीनमहिना अघि प्रेमीका युवतिले भागेर रामको घर गयो । रामको बुवालाई भने,’ बुवा म यहीँ बस्छु रामसँग म प्रेम गर्दछु । म यहीँ बस्छु भन्दै चारदिन सम्म रामको घरमा बसेका थिए । पछि आफन्तलाई थाहा भएपछि युवती लाई उनको बुबाले घर ल्याए र अपहरण मुद्दा दर्ता गरे । तर धेरै दिन आफ्नो घरमा राख्न सकेनन् ।युवती लाई बन्द कोठामा राखेर यातना दिन थालेको रामको आरोप छ
धेरै दिनको यातनापछि करिब १६ दिनअघि मङ्सिर २१ गते पुनः दोस्रोपटक रामको घर भागेर आए । रामलाई तिमिपनि चाडै आउ हैन भने म मर्छु भने ।

दोस्रोपटक रामको घरमा राती आएको थिए । ती युवतिले रामको बुवालाई म अब कहिँपनि जादिन म यहीँ बस्छु । हैन भने म मर्छु, यो कुरा सुनेर रामको बुवा लक्षमण कुमार रामले दुहबी नगरपालिका- १ का वडा अध्यक्ष मोहम्मद अजुल हुसैनलाई जानकारी दिए । वडा अध्यक्षले ठिकै छ अहिले राती भइसकेको छ बस्न दिनु भोलि बिहान उनको आफन्तलाई जिम्मा लगाइ दिनुपर्दछ भने तर राती नै रामको घरमा आएर उनको परिवारलाई कुटपिट गरि घरको सामान तोडफोड गरेर युवती लाई लिएर उनको आफन्तले घर फर्के र युवती परिवार पक्षले रामको परिवारमाथि अपहरणको मुद्दा हालेका थिए ।

युवती लाई ल्याएर बिराटनगर स्थित रहेको ओरेक नेपाललाई जिम्मा लगाएका छन् । रामपनि यति प्रेमिकाको दुख नसहेर दसमहिनापछि नेपाल आएर विवाह गर्ने निर्णय गरे । विदेशमा हुँदा ओरेक नेपालको जिम्मामा रहेकी युवती सँग कुरा समेत हुन् छाडे यसैबीच राम चार दिनअघि पुष ३ गते नेपाल आएका हुन् । नेपाल आएपछि आफ्नो प्रेमीका भेट्न् गुहार मुहार थालेका छन् । ओरेक नेपाललाई गुहार मुहार गर्दा यो प्रहरीको काम हो हामीले भेट्न दिने अधिकार छैन । यता प्रेमी रामका अनुसार दुहबी प्रहरीमा गुहार मुहार गर्दा त्यो ओरेकको जिम्मामा छ हामीले केहि गर्न सक्दैनाैँ ती युवती लाई परिवारको जिमा लगाउनेछु कुरा प्रहरीले भनेको पत्रकार सम्मेलन मार्फत जानकारी दिएका हुन् । जातीय हिसाबले राम दलित समुदायबाट हो । दलित भएकै कारण उनीहरुको पाँच वर्षको मायामा स्थानीय प्रहरी, केही राजनीतिदलका नेता र ओरेक नेपालले बाधा पुर्याएको रामको आरोप छ
#आफ्नो प्रेममा प्रहरीले पनि ज्यादती गरेको रामको आरोप
इलाका प्रहरी कार्यालय दुहबीले युवती र रामको पाँच वर्षको मायामा बाधा पुर्याइरहेको प्रेमी रामको आरोप छ । रामका अनुसार तिमीहरुलाई मिलाइ दिन्छाैँ भन्दै दुहबीमा कार्यरत एक प्रहरीले भने अलिकति पैसा दिनुपर्छ म मिलाइ दिन्छु, ओरेकबाट झिकाइ दिन्छु भने तर रामको जवाफमा म गरिब छु मसँग पैसा छैन भने गरिब भएको र आफू दलित भएको कारण माया नपाइ रहेको बताए । यता ईलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक घनेन्द्र हाङ खजुङ संग बुझ्दा राम सँग कुनैपनि प्रहरीले पैसा नमागेको बताए । उनले भने,’ यदि मागेको छ भने प्रमाण देखाउनु पर्‍यो हामी कार्वाही गर्न तयार रहेको बताए । ओरेक नेपालमा बालिकालाई जिम्मा लगाएपछि उनको बुवाआमाले मात्रै भेट्न पाउने नियम रहेको बताए ।

#आत्म हत्या गर्छु: प्रेमी लक्षमण
प्रेमी रामले आफुले जसरी भएपनि प्रेमीका लाई पाएरै छाड्ने अटुट लिएका राम पछिल्लोपटक डिप्रेसनमा जान लागेको हो । रामको पहिलो र पछिल्लोसमयको व्यवहार फरक रहेको उनको छिमेकीहरु बताउँछन् । रामले पत्रकार सम्मेलनमा भने,’ मलाई जसरी भएपनि आफ्नो प्रेमीका सँग विवाह गरेर नयाँ जीवन बिताउनु छ तर यस्तो भएन भने म आत्महत्या गर्ने समेत चेतावनी दिएको पत्रकार सम्मेलनमा भनेका छन् ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

छठ पर्व आजदेखि सुरु,पहिलो दिन आज‘नहाय,खाय’

छठ पर्व आजदेखि सुरु,पहिलो दिन आज‘नहाय,खाय’

10/25/2025
बिराटनगरमा निस्किने रथयात्रामा कडा सुरक्षा घेरा : आकाशबाट ड्रोन, जमिनमा एक हजार प्रहरी ।

बिराटनगरमा निस्किने रथयात्रामा कडा सुरक्षा घेरा : आकाशबाट ड्रोन, जमिनमा एक हजार प्रहरी ।

08/17/2025
दुहबीको महेन्द्र मेमोरियल एकेडमीमा राधा–कृष्ण रूप सज्जा प्रतियोगिता ।

दुहबीको महेन्द्र मेमोरियल एकेडमीमा राधा–कृष्ण रूप सज्जा प्रतियोगिता ।

08/16/2025
आज इस्लाम धर्मावलम्बीहरूले ईद उल फित्र’ मनाइँदै, देशभर सार्वजनिक विदा ।

आज इस्लाम धर्मावलम्बीहरूले ईद उल फित्र’ मनाइँदै, देशभर सार्वजनिक विदा ।

03/31/2025
सुनसरीको गाउँ गाउँमा जितियाको रौनक !

सुनसरीको गाउँ गाउँमा जितियाको रौनक !

09/25/2024
जिल्ला अस्पताल सुनसरीको समाजिक परिक्षण सम्पन्न

जिल्ला अस्पताल सुनसरीको समाजिक परिक्षण सम्पन्न

07/06/2024

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist