दुहबी/ असार १ र २ गते कोरोना विरुद्धको खोप लगाउने दुहबी नगरपालिकाको सूचना! ६० देखि ६५ बर्ष उमेरका ज्येष्ठ नागरिक र फ्रन्टलाइनरहरुलाइ खोप लगाइने हुँदा भोलि १२ बजे सम्म दुहबी नगरपालिकाको स्वास्थ्य शाखामा बिबरण पेश गर्नु पर्ने छ। सुनसरीको दुहबी नगरपालिकाले चीन सरकारको अनुदानमा प्राप्त भेरोसेल खोप लगाउन सुरु गर्ने भएको छ । असार १ र २ गते खोप लगाइने नगरपालिकाले जनाएको छ।
मापदण्डमा परेका व्यक्तिलाई नगरभित्रका वडामा संचालित स्वास्थ्य संस्थाबाट खोप दिने प्रबन्ध मिलाइएको दुहवीका जनस्वास्थ्य अधिकृत बिन्देश्वरप्रसाद महतोले जानकारी दिए।
जिल्लास्तरीय कोभिड खोप समन्वय समितिको निर्णय अनुसार भेरोसेल खोप अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, पत्रकार, निजामती कर्मचारी, सुरक्षाकर्मी, बैंक तथा बित्तीय संस्थाका कर्मचारी, खानेपानीका कर्मचारी, नेपाल विद्युत प्रधिकरणका कर्मचारी र अक्सिजन उद्योगका कर्मचारीहरुलाई खोप दिइने नगरपालिकाले जनाएको छ । उनीहरुले नाम, उमेर, पेशा, ठेगाना र सम्पर्क नम्बरसहित जेठ ३० गते दिनको १२ बजे सम्ममा नगरपालिकाको स्वास्थ्य कार्यालयमा विवरण बुझाइसक्नु पर्नेछ




