अकबर अलि
दुहबी / सामुदायिक विद्यालयहरूमा कुनै पनि बहानामा शुल्क लिन पाइँदैन। सरकारले माध्यमिक शिक्षासम्मको पठन पाठन निशुल्क नै बनाएको छ। तर सामुदायिक विद्यालयमा अस्वभाविक रूपमा शुल्क लिन भने छोडिएको छैन।
सुनसरीको दुहबी नगर भित्र संचालनमा रहेका सामुदायिक विद्यालयहरुले मनपरी गर्दै एसईई उतीर्ण सर्टिफिकेट बापत २५० राजस्व लिने ठाउँमा विद्यार्थीहरूबाट १ हजार देखि १५ सय सम्म शुल्क असुल्ने गरेको विद्यार्थी तथा अभिभावकहरुले आरोप लगाए छन ।
विद्यालय सहयोगको नाममा विद्यालयले शुल्क असुल्ने गरेको अभिभावकहरूले बताएका छन्। ‘सरकारी स्कुलमा पढाउँदा पैसा लाग्दैन भनेको त सरकारी पनि बोडिङ जस्तो पैसा अशुल्न थालेपछि कसरी छोराछोरी पढाउनु’, अभिभाकहरु भन्छन , ‘ दुहबीको धेरै जसो सरकारी विद्यालयहरुले सर्टिफिकेटका नाममा, विद्यार्थीसँग चर्को रकम लिइरहेको बताएका छन ।’
एसईई उतीर्ण गरेका विद्यार्थीहरुसँग विद्यालयले स्थानान्तर प्रमाणपत्रको नाममा प्रतिविद्यार्थी १ हजार देखि १५ सय रूपैयाँ सम्म असुल गर्ने गरेको विद्यार्थीहरुले गुनासो गरेका छन । निशुल्क शिक्षा भनेको सरकारी विद्यालयले यसरी विभिन्न बाहानामा चर्को रकम असुल्न थालेपछि आर्थिक अवस्था कमजोर भएका विद्यार्थीले पढाइ नै छोड्नुपर्ने अवस्था आउने अभिभावकको भनाइ छ। ‘
नेपाल सरकारको कानुनमा एसईई उतीर्ण सर्टिफिकेट बापत २५० राजस्व मात्र लिने पाउने कानुनी व्यवस्था हुदा समेत विद्यालयले सर्टिफिकेटबापत १ हजार १५ सय रूपैयाँ सम्म असुल गरिरहेका छन । एक विद्यार्थीले भने, ‘मसँग पैसा नहुँदा सटिफिकेटसमेत ल्याउन सकेको छैन।’
उता विद्यालयले विद्यार्थीहरु संग एसईई सर्टिफिकेटको नाममा चर्को रकम असुल गरेको सन्दर्भमा दुहबी नगर प्रमुख वेदनारायण गच्च्दारले एसईईको सर्टिफिकेट बापत ५ सय रूपैयाँभन्दा बढी लिन नपाइने र कसैले बढी रकम असुलेमा तेस्ता विद्यालय कर्मचारी लाई तत्त्काल कारवाहीको दायरामा ल्याउन दुहबी नगर शिक्षा शाखा लाई ठाडो निर्देश दिएका छन ।
सोही विषयमा सुनसरी जिल्ला शिक्षा विकास समिति कार्यालयका शाखा अधिकृत रुद्र राई संग बुझ्दा एसईई उतीर्ण सर्टिफिकेट बापत २५० राजस्व मात्र लिने नियम रहेको हुदा व्यवहारीकमा ५ सय सम्म शुल्क लिए ठिकै हुन्छ सो भन्दा बढि शुल्क लिए मनपरी तथा गैर कानुनी भएको बताए ।




