दुहबी/सुनसरीको दुहबी ५ स्थित बजार क्षेत्रको ४ प्लट(२ बिगाह) क्षेत्र खाली गराइनुकासाथै दुहबी नगरपालिका भित्र रहेको अवैध संरचना समेत हटाइने भएको छ।
दुहबी नगरपालिकाको बिहिवार भएको कार्यपालिकाको बैठकमा उक्त निर्णय भएकोले आइतबार दुहबी नगरपालिकाले ३५ दिने सूचना जारी गर्ने दुहबी नगरपालिकाका प्रवक्ता बिजय कुमार चौधरीले जनाए।
नगरपालिकाले दुहबीको मुख्य बजार क्षेत्रको २ बिगाह क्षेत्रमा बनेको स्थायी र अस्थायी घर टहरा लगायत दुहबीको विभिन्न वडामा रहेको अवैधरुपमा बनेको भौतिक संरचना हटाउने तयारी थालेको दुहबी नगरपालिकाका प्रवक्ता बिजय कुमार चौधरीले जनाए। काठमाडौं लगायत देशभर अब्यबस्थित घर टहरा र अवैध संरचना हटाउने क्रम चलेकाले दुहबी नगरपालिकाले समेत आफ्नो क्षेत्राधिकारभित्र पर्ने अब्यबस्थितरुपमा निर्माण भएका स्थायी र अस्थायी भौतिक संरचना हटाउने तयारी थालेको जनाइएको छ ।






