सुनसरी/प्रदेश १ को सुनसरी ३ नम्बर क्षेत्रको प्रतिनिधिसभा सदस्यमा एमाले नेत्री भगवती चौधरीको बिजय सुनिश्चित भएको छ।
बर्जु गाउँपालिका ६ नम्वर वडाको ३ हजार ६ सय ५५ मतगणना जारी रहँदा चौधरीले उनका निकटतम प्रतिद्वन्दि नेपाली कांग्रेसका उम्मेदवार बिजय कुमार गच्छदार भन्दा ५४ सय ३४ मत बढि ल्याउँदै बिजय सुनिश्चित गरेकी हुँन । सुनसरी ३ (ख) प्रदेश सभामा बर्जु गाउँपालिका ६ नम्बर वडाको मतगणना अन्तिम चरणमा पुगेको जनाइएको छ। सुनसरी ३ नम्वर क्षेत्रमा ९२ हजार ५ सय ३५ जनाले मतदान गरेका थिए।
सुनसरी ३ (ख) प्रदेश सभामा ४९ हजार २१६ जनाले मतदान गरेका थिए। सुनसरी क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यमा ११ जना स्वतन्त्र उम्मेदवार सहित ११ जना राजनीतिक दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए। २०७४ को निर्वाचनमा यहाँ थोरै मतले मात्र हार–जितको फैसला भएको थियो। बिजय गच्छदारले ३८ हजार ९ सय ७२ मत प्राप्त गरेर ३२१ मत अन्तरले जित हात पारेका थिए भने भगवती चौधरीले ३८ हजार ६ सय ५१ मत पाएकी थिइन्।





