दुहबी/ सुनसरीको दुहबीमा नेकपा एमाले र नेपाली कांग्रेसका मेयरका उम्मेदवारमा कडा प्रतिस्प्रर्धा देखिएको छ भने उपमेयरमा कांग्रेस अगाडी देखिएको छ। उपमेयरमा कांग्रेस अगाडी देखिएको छ। यो समाचार तयार पार्दा सम्म नेकपा एमालेबाट मेयरका उम्मेदवार बिनय कुमार पोखरेलले २ हजार ५२ मत ल्याएर अग्रता एिका छन। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार बेदनारायण गच्छदारले १९ सय ४८ मत प्राप्त गरे। उपमेयरमा नेपाली कांग्रेसबाट उपमेयरकी उम्मेदवार मेनुका पोखरेल खतिवडाले १८ सय २६ मत प्राप्त गरेकी छिन भने जनता समाजवादी पार्टी र नेकपा एमालेबाट गठबन्धन गरेका जसपाबाट उपमेयरका उम्मेदवार सरोज कुमार सिंहले ८ सय २९ मत प्राप्त गरे।
यसैगरि जनमत पार्टीबाट मेयरका उम्मेदवारले १ सय ४७ मत प्राप्त गरे। राप्रपाबाट मेयरका उम्मेदवारले ७७ मत प्राप्त गरे। माओवादी केन्द्रबाट मेयरका उम्मेदवारले ४४ मत प्राप्त गरे। स्वतन्त्रबाट मेयरका उम्मेदवारहरुले क्रमस ३२ र १९ मत प्राप्त गरे। यसैगरी राप्रपाबाट उपमेयरका उम्मेदवारले १ सय ६० मत प्राप्त गरे। लोसपाबाट उपमेयरका उम्मेदवारले ७० मत प्राप्त गरे। माओवादी केन्द्रबाट उपमेयरका उम्मेदवारले ५४ मत प्राप्त गरे। अहिले दुहबी वडा नम्बर २, ३ र १२ को मतगणना भइरहेको छ।
अहिले सम्म दुहबी वडा नम्बर १ बाट नेकपा एमालेका वडाअध्यक्षका उम्मेदवार अजुल हुसैन ९ सय २९ मत सहित वडाअध्यक्षमा बिजयी भएका छन। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका जाकिर मियाँले ८ सय १३ मत प्राप्त गरे। २०७४ सालको स्थानिय चुनावमा नेकपा एमालेबाट अजुल हुसैन दुहबी वडा नम्वर १ मा ५ सय ४८ मत सहित वडाअध्यक्षमा बिजयी भएका थिए। २०७४ सालको स्थानिय चुनावमा नेपाली कांग्रेसबाट अरविन्द बिश्वासले दुहबी वडा नम्वर २ मा २ सय ८३ मत सहित वडाअध्यक्षमा बिजयी भएका थिए भने हाल नेपाली कांग्रेसबाट वडाअध्यक्षको उम्मेदवारमा दुहबी २ नम्बर वडामा ४ सय ६३ मत सहित अग्र स्थानमा छन।
२०७४ सालको स्थानिय चुनावमा नेकपा एमालेबाट माधव भण्डारीले दुहबी वडा नम्वर ३ मा ५ सय ४० मत सहित वडाअध्यक्षमा बिजयी भएका थिए भने हाल नेकपा एमालेबाटै ३ नम्बर वडामा ३ सय ८८ मत सहित अग्र स्थानमा छन। २०७४ सालको स्थानिय चुनावमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट वडाअध्यक्षमा खुसीलाल चौधरीले दुहबी वडा नम्वर १२ मा ९ सय ९० मत सहित वडाअध्यक्षमा बिजयी भएका थिए भने हाल नेपाली कांग्रेसबाट १२ नम्बर वडामा २ सय ७६ मत सहित दोश्रो स्थानमा छन।







