• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

सुरु भयो तिहारको चहलपहल, शंकास्पदमाथि प्रहरीले बढायो निगरानी

काेचिला खबर by काेचिला खबर
11/13/2020
in मुख्य
96
SHARES
437
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर / तिहारको विशेष चहलपहल सुरु भएसँगै प्रदेश १ मा अपराधिक गतिविधीमा संलग्न हुनसक्ने शंकास्पद व्यक्तिहरुमाथि प्रहरीले निगरानी बढाएको छ ।

प्रदेश १ प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले तिहारलाई लक्षित गरेर प्रदेशको सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए । प्रदेशका १४ वटै जिल्लाको सुरक्षा अवस्था मजवुत बनाएर लगिएको उनले बताए । उनले चाडपर्व भरी सुरक्षामा कुनै पनि कमजोरी आउन नदिइने स्पष्ट पारे ।

ठूलो संख्यामा प्रहरी परिचालन गर्दै शंकास्पद ठाउँहरुमा निगरानी बढाउने, गलत गर्न खोज्नेलाई नियन्त्रणमा लिने तथा सार्वजनिक स्थलदेखि लिएर सबै ठाउँमा २४ घण्टानै सुरक्षा प्रदान गर्ने काम थालिएको कार्कीको भनाइ छ । उनले अपराध गरेर फाइदा उठाउने मनसाय राख्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाहीको दायरामा ल्याइने बताए ।

डीआईजी कार्कीले कोरोना संक्रमण तीव्र रुपमा फैलिइरहेका बेला सबैले सुरक्षित ढंगले र संक्रमण हुन नदिने हिसाबले स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गर्दै तिहार मनाउनुु पर्नेमा जोड दिए । उनले गलत कार्य गर्न खोज्ने शंकास्पद व्यक्तिहरुका बारेमा तत्काल प्रहरीलाई जानकारी दिन प्रदेशका बासिन्दालाई आग्रह गरेका छन् ।

तिहार लगायतका पर्व सौहार्दपूर्ण वातावरणमा सुरक्षित ढंगले मनाउने चाहना सबैको हुनेभन्दै उनले मर्यादित र सुुरक्षित बनाउनु सबैको दायित्व रहेको उल्लेख गरे । चाडपर्वको मौका छोपेर अपराधिक घटना गराउने र अवैध गतिविधी गर्नेहरु सक्रिय हुनसक्नेतर्फ प्रहरी सचेत रहेको उनले बताए । कार्कीका अनुसार यस्तो बेलामा शंकास्पद गतिविधी गर्नेहरु भेटिएमा तत्काल प्रहरीलाई खबर गर्नुपर्छ । प्रहरीले शंकास्पद गतिविधीका बारेमा समयमै सूचना पाउन नसक्दा जघन्य प्रकृतिका अपराधिक घटना हुनसक्ने कार्कीको भनाइ छ ।

उनका अनुसार सबै पर्व मनाउन व्यस्त भएको मौकामा अपराध गरेर लाभ उठाउन खोज्ने समूह सक्रिय हुने गरेको विगतका घटनाबाट पुष्टि हुन्छ । कुनै घटना हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै गलत प्रवृतिका मानिसहरुलाई बारेमा तत्कालै प्रहरीलाई खबर गरियो भने त्यसले सम्भावित अपराध हुनबाट रोक्न ठूलो मद्धत गर्ने र सबै सुरक्षित होइने कार्कीले बताए । त्यस्तै तिहार मनाउन एक ठाउँबाट अर्को ठाउँमा जाँदा, घर छाडेर हिँड्नु पर्दा प्रहरीलाई सूचना अपलब्ध गराउन र घरमा राम्ररी ताला लगाएर यात्रा तय गर्न पनि उनको आग्रह छ ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले कुुनै पनि अपराधिक गतिविधी हुन नदिने हिसाबमा सुरक्षा व्यवस्था मिलाइएको बताए । शंकास्पद गतिविधी गर्ने, चोरी, लुटपाट, डकैती लगायतका अपराध गर्न खोज्ने, मापसे (मादक पदार्थ सेवन) गरेर होहल्ला एवं शान्ति सुरक्षाको अवस्था भड्काउन खोज्ने तथा शंकास्पद गतिविधी गर्नेमाथि विशेष ढंगले निगरानी बढाइएको जानकारी उनले दिए ।

उनले कुनै पनि शंकास्पद गतिविधी कोहीकसैले गरेको पाइएमा तत्काल प्रहरीलाई जानकारी दिन पनि आग्रह गरेका छन् । तिहारका बेला विशेष गरेर चोरी डकैतीका घटना हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाइएको एसपी खड्काले बताए ।

किनमेल बढी हुने पसल, भीडभाड हुने स्थान, आर्थिक गतिविधी धेरै हुने ठाउँदेखि लिएर महत्वपूर्ण प्रतिष्ठानहरु तथा सार्वजनिक स्थलमा प्रहरी उपस्थिति बढाइएको छ । सार्वजनिक स्थल र पसलहरुमा २४ घण्टानै प्रहरीले सुरक्षा व्यवस्था चुस्त पारेको छ । त्यस्तै होटल, मदिरा पसल एवं सार्वजनिक सवारी साधन चेकजाँचलाई प्रहरीले तीव्र पारेको छ । जसरी भए पनि तिहार लगायतका चाडपर्व सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उदेश्य रहेको उनले स्पष्ट पारे ।

कोरोना संक्रमण तीव्र रुपमा बढिरहेका बेला मनाउनुपर्ने तिहारलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउने प्रहरीको योजना छ । सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन ठाउँठाउँमा सादा पोशाक र हतियारसहितका प्रहरीको विशेष टोली परिचालन गरिएको खड्काले बताए । प्रहरीको पिकेट, मोबाइल, साइकल र पैदल गस्ती बढाएर सुरक्षा व्यवस्था मिलाउन थालेको छ ।

एसपी खड्काका अनुसार मापसेबाट हुने झैझगडा एवं अपराध नियन्त्रण, कालो बजारी, इन्धन तथा दैनिक उपभोग्य वस्तुको कृतिम अभाव, सीमा क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण लगायतमा प्रहरीले बढी जोड दिएको छ । चाडपर्वमा यातायातको सहज उपलब्धता, ट्राफिक व्यवस्थापन, तस्करी, हातहतियार तथा लागुऔषध र मदिराको अवैध ओसारपसार नियन्त्रण प्रहरीको प्राथमिकतामा रहेको उनले उल्लेख गरे ।

त्यस्तै जुवा, तास लगायत गैह्र कानुनी खेलहरु र शान्ति भड्काउनेसमूहलाई पूर्ण रुपमा नियन्त्रणमा लिइने नीति प्रहरीले बनाएको छ । एसपी खड्काका अनुसार उद्योग, कलकारखाना, महत्वपूर्ण प्रतिष्ठान, लोकमार्ग तथा अन्य सहायक राजमार्गको सुरक्षा अवस्थामा कुनै कमी आउन नदिने प्रहरीको योजना छ ।

पटकाको ओसारपसार तथा बेचबिखन, सीमा क्षेत्रमा कडाई, पकेटमार लगायत अपराधिक प्रवृत्तिका मानिसहरुको पहिचान र नियन्त्रण थालिएको छ । सवारी साधनमाथि आकस्मिक चेकजाँच सुरु गरिएको छ । प्रहरीले मापसे गरेर सवारी साधन चलाउन पूर्ण रुपमा रोक लगाउँदै दुर्घटनामा कमी ल्याउन विभिन्न जनचेतनामुलक कार्यक्रम गरिरहेको छ ।

खड्काका अनुसार कोरोना संक्रमण तीव्र रुपमा बढिरहेकाले तिहारमा झन् जोखिम हुन सक्नेभन्दै मास्क, सेनिटाइजर प्रयोग गर्न र भीडभाड नगर्न एवं संक्रमण नफैलने गरी सुरक्षित हिसाबमा चाडपर्व मनाउन सबैमा आग्रह गर्दै माइकिङ गर्दै सन्देशमुलक कार्यक्रमहरु भइरहेका छन् ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

राष्ट्रिय झन्डा ओढेर जघन्य अपराध भयो : मुख्यमन्त्री कार्की

राष्ट्रिय झन्डा ओढेर जघन्य अपराध भयो : मुख्यमन्त्री कार्की

11/28/2025
विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

11/23/2025
खाँदबारी नगरपालिकाले गर्‍यो २९ करार र दैनिक ज्यालादारी कर्मचारीको सेवा सम्झौता रद्द

खाँदबारी नगरपालिकाले गर्‍यो २९ करार र दैनिक ज्यालादारी कर्मचारीको सेवा सम्झौता रद्द

10/08/2025
नक्कली नागरिकता प्रकरणमा वडा अध्यक्ष सुवोध राय पक्राउ ।

नक्कली नागरिकता प्रकरणमा वडा अध्यक्ष सुवोध राय पक्राउ ।

09/22/2025
जेनजी आन्दोलनका क्रममा लुटिएका सामग्री खरिदबिक्री गर्नेलाई कारबाही हुने

जेनजी आन्दोलनका क्रममा लुटिएका सामग्री खरिदबिक्री गर्नेलाई कारबाही हुने

09/14/2025
जेनजीले ८ सेप्टेम्बर माइतीघर मण्डला र संसद् भवन अगाडि भ्रष्टाचारविरुद्ध आन्दोलन गर्ने घोषणा

जेनजीले ८ सेप्टेम्बर माइतीघर मण्डला र संसद् भवन अगाडि भ्रष्टाचारविरुद्ध आन्दोलन गर्ने घोषणा

09/07/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist