फाईल तस्बिर
दुहबी / विराटनगरमा सुनसरीको दुहवी घर भएका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सुनसरीको दुहवी नगरपालिका–५ का ७० वर्षीय पुरुषको उपचारका लागि विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको केही बेरमै मृत्यु भएको हो ।
अस्पतालका आइसोलेसन संयोजक एवं बरिष्ठ फिजिसियन डा. लक्ष्मीनारायण यादवका अनुसार ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएकोभन्दै पुरुषलाई सोमबार दिउँसो २ः४५ बजे अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
तत्काल आइसोलेसनमा राखेर उपचार थालिएका उनको दिउँसो ३ः०५ बजे मृत्यु भएको यादवले बताए । मृत्युपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा राति ८ बजेतिर रिपोर्ट पोजेटिभ आएको उनको भनाइ छ । मृतकमा कुनै दीर्घ रोग रहेको जानकारी नभएको डा. यादवले बताए ।सो भन्दा केहि दिन अगाडि मात्र दुहबी ३ कि एक महिलाको कोरोना संक्रमित बाट ज्यान गएको थियो ।





