वीरगञ्ज/ जिल्ला प्रशासन कार्यालय पर्साले जगदम्बा इन्टरप्राइजेजलाई सिल गरेको छ ।
उद्योगका प्रमुख कार्यकारी अधिकृतसहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उद्योग सिल गरिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतसहितको टोली उद्योगमै गएर जगदम्बा इन्टरप्राइजेज सिल गरेको हो ।
अर्को सूचना जारी नभएसम्मका लागि स्थानीय जनप्रतिनिधि तथा सुरक्षाकर्मीको अनुमति विना उद्योग प्रवेशमा रोक लगाइएको सहायक प्रजिअ बस्नेतले जानकारी दिए ।





