राष्ट्र बैंकले बैंकको साँवा र व्याज भुक्तानी अबधि थपेको छ । अबस्था हेरेर असार मसान्तभित्र बुझाउनुपर्ने साँवा व्याज पुष मसान्तसम्म भुक्तानी गर्न सकिने भएको छ । आज मौद्रिक नीति सार्वजनिक भएको छ । कार्यक्रम मार्फत सार्वजनिक गर्ने गरीएको मौद्रिक निति विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरसको जोखिमको कारणले गर्दा वेबिनार मार्फत सार्वजनिक गरीएको हो ।
आजै बिहान राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले मौद्रिक नीति पारित गरेको थियो । यस मौद्रिक नीतिले ऋणीहरुलाई ऋण तिर्नका लागि समयावधि थप्ने, सहुलियत कर्जा तथा पुनर्कर्जालाई गाउँसम्म पुर्याउने व्यवस्था गरेको छ । हाल कोरोनाका कारण उद्योग व्यवसाय, पर्यटन, बैंकिङ क्षेत्र सबै प्रभावित भएकाले यसैलाई केन्द्रिीत गरी मौद्रिक निति ल्याइएको छ । यस मौद्रिक नीतिले बैंकको ब्याजदर घटाउने, डिजिटल पेमेन्टलाई प्रोत्साहित गर्ने जनाएको छ यस्तै कृषि क्षेत्रलाई समेत विशेष प्राथमिकतामा राखेको छ ।
वाणिज्य बैंकहरुले उर्जा क्षेत्रमा कम्तिमा १० प्रतिशत लगानी गर्नुपर्ने बाणिज्य बैंकहरुले कुल कर्जाको १५ प्रतिशत पुनरकर्जा उपलव्ध गराउनु पर्ने नीजि आवास कर्जालाई ६० प्रतिशत कर्जा उपलव्ध गराइने सेयर धितो कर्जा ६५ प्रतिशतबाट ७० प्रतिशत बनाइएको छ ।
बैंक वित्तबाट ३ प्रतिशतमा विशेष पुनरकर्जा तथा ५ प्रतिशतमा पुनरकर्जा कर्जा दिइने बजेटमा उल्लेख भएका अधिकाँस विषयहरु समावेश सावाँ ब्याज भुक्तानीको म्याद थप गरी पुस मसान्त सम्म सारीयो ।





