• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

जेनजीले ८ सेप्टेम्बर माइतीघर मण्डला र संसद् भवन अगाडि भ्रष्टाचारविरुद्ध आन्दोलन गर्ने घोषणा

काेचिला खबर by काेचिला खबर
09/07/2025
in FEATURE, मुख्य
46
SHARES
211
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । ‘दी फाइनल रिभोलुसन– वी आर पञ्चिङ अप,’ ८ सेप्टेम्बरको मिति तोकेर जेनजी अर्थात् नयाँ पुस्ताले माइतीघर मण्डला र संसद् भवन अगाडि आन्दोलन छेड्ने घोषणा गरेको छ । केही दिनयता सामाजिक सञ्जाल बन्द भएसँगै नंया पुस्ताले यो आन्दोलनको नेतृत्व लिने घोषणा गरेको हो ।

उनीहरूले सोमबार माइतीघर मण्डलामा भेला हुने तयारी गरेका छन् यसको नेतृत्व कसले गर्छ, थाहा छैन । कसले सम्हाल्छ थाहा छैन । तर, उद्देश्य छ सत्ताको मनोमानीविरुद्ध ‘जेनजी विद्रोह’ ।

टिकटकदेखि सबैतिर अहिले यो ट्रेण्ड चलेको देखिन्छ । चाहे नेताका छोराछोरीका बिलासिता सार्वजनिक गर्ने ‘नेपो बेबी ट्रेण्ड’ होस् या सडक आन्दोलन, जेनजीहरुले घोषणा गरिसकेका छन्, यो भ्रष्टाचार, बेथिति र अनियमितताविरुद्ध नयाँ संघर्ष हुनेछ ।

यो आफैँमा कति लामो जान्छ वा सामाजिक सञ्जालमा हल्ला भएजस्तो प्रभाव पार्छ/पार्दैन समयले देखाउला । तर, सामाजिक सञ्जाल बन्द भएको यो अवस्थामा सञ्जालबाटै घोषणा भएका यी आन्दोलनलाई सकारात्मक रुपमा हेर्नुपर्ने टिप्पणी अत्यधिक आइरहेका छन् । पुराना पुस्ताका नागरिकले पनि जेनजीको यो आन्दोलनलाई साथ दिने भन्दै समर्थन जनाइरहेका छन् ।

अधिकांशले भनिरहेका छन्– यो आन्दोलन के हुन्छ भन्ने कुराले नेपालमा नयाँ पुस्ताको राजनीतिक चेतनाको स्तरलाई मापन गर्नेछ । यदि युवाहरू साच्चै ठूलो संख्यामा सडकमा उत्रिए भने यसले केवल सरकारलाई मात्र होइन, पूरै राजनीतिक संस्कृतिलाई चुनौती दिनसक्छ ।

यी सबै परिदृश्य हेरिरहँदा नेपाल फेरि युवाले उठाएको नयाँ आन्दोलनको तयारीमा रहेको बुझाइ पनि कतिपयको छ । सामाजिक सञ्जालमार्फत सुरु भएको आवाजले सेप्टेम्बर ८ मा काठमाडौंको माइतीघर, पोखराको सभागृह हलदेखि देशका विभिन्न स्थानमा प्रदर्शन गर्ने घोषणा गरिएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा सक्रिय समूह ‘एमआरआर’लगायतमा पनि इनरुवा, धरानजस्ता सहरमा पनि जेनजीले आन्दोलन छेड्ने घोषणा गरिएका छन् । यसमा अधिकांशको समर्थन देखिन्छ । न कुनै राजनीतिक दल, न कुनै संगठनको झण्डा । स्वतस्फूर्त उठिरहेको यो आन्दोलनले ‘वेक अप युथ, वेक अप जेनजीज्’ लगायतका नारा लिएको छ । यही आवाज लिएर सडकमा उत्रने भएको छ ।

पछिल्ला आक्रोशलाई हेर्दा विशेषगरी सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय र बढ्दो भ्रष्टाचारलाई लिएर उनीहरू असन्तुष्ट देखिन्छन् ।

नेपालसम्म यसरी यो अभियान आउनुमा फिलिपिन्स र इन्डोनेसियामा चलेको यस्तै अभियानलाई कारण मान्न सकिन्छ ।
कतिपय भने नेतृत्वविनाको आन्दोलन नेपालमा सम्भव नभएको बताउँछन् । ‘नेतृत्वविना आन्दोलन हुँदा धेरै समस्या आउनसक्छ, त्यसैले यो आन्दोलनलाई सफल बनाउन नेतृत्व चाहिन्छ,’ टिकटक प्रयोगकर्ता मिरज ढुंगानाले भनेका छन्, ‘त्यसैले यो प्रोटेस्ट हाइज्याक हुने जोखिम देखिन्छ, जसबारे हामी सचेत हुनुपर्छ । यदि यिनै पार्टीले हामी यो मुमेन्ट लिड गर्छौँ भनेर आए भने त्यो दिनुहुँदैन ।’

यो आन्दोनमा स्टार्टअप उद्यमीहरुले पनि उत्तिकै साथ दिइरहेका छन् । राइड सेयरिङ प्ल्याटफर्म पठाओका संस्थापक सीईओ असिममान सिंहले पनि टिकटकमा आह्वान गरेका छन्, ‘८४ सम्मको लागि कुर्ने हैन परिवर्तनको लागि । डिजिटल उपस्थिति जति महत्वपूर्ण छ, भौतिक उपस्थिति आवश्यक छ । त्यसैले म आफैँ सोमबार आन्दोलनमा आउँछु । तपाईंहरुलाई पनि आउन आह्वान गर्छु

सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम लगायतका ‘स्टोरिज’मा पनि यो अभियानले व्यापकता पाएको छ । त्यसमा एउटा पोस्ट राखिएको छ, जसमा सबैलाई रिपोस्ट गर्न अनुरोध गरिएको छ । यसरी पोस्ट गरिएका स्टोरीमा जाँदा ‘एड योर्स’ भन्ने बटन देखिन्छ । त्यसमा थिचेपछि आफ्नो फेसबुक स्टोरीमा पनि सोही कुरा पोस्ट हुन्छ ।

उक्त पोस्टमा लेखिएको छ, ‘अभिव्यक्ति स्वतन्त्रताको जति नै गफ दिएपनि नेताहरु हाम्रो आवाज दबाउन चाहन्छन् । हुँदाहुँदा अहिले आएर सामाजिक सञ्जाल नै बन्द गरिदिए । कस्तो लाजमर्दो । अब हामी चुप बस्दैनौँ– इनफ इज इनफ ।’

यसरी स्वतस्फुर्त रुपमा सामाजिक सञ्जालबाट उठेको यो अभियानबारे लेखक सरिता तिवारी सामाजिक सञ्जालमा लेख्छिन्, ‘भोलि काठमाडौं लगायत देशैभर युवाहरूले गर्ने भ्रष्टाचार विरुद्धको प्रदर्शन राजनीतिलाई कमाउ धन्दा बनाउने नेतृत्व, कर्मचारीतन्त्र र सबै क्षेत्रमा व्याप्त भ्रष्टाचारको सञ्जाललाई चुनौती दिनेगरी बलियो बनोस् । अगाडि यो अभियानका अरु कार्यक्रम पनि तय होउन् ।’

नेपो बेबी ट्रेण्ड

यो आन्दोलनको जरो सामाजिक सञ्जाल टिकटक भित्र देखिएको ट्रेन्डसँग जोडिएको छ । फिलिपिन्स र इन्डोनेसियाबाट सुरु भएको यो ट्रेन्ड नेपालमा समेत फैलिएको हो । यसमा नेताका छोराछोरीले प्रदर्शन गर्ने ऐसआरामको जीवनशैली– महँगा ब्रान्डका कपडा, विदेश यात्रा र विलासी सामानलाई साधारण नेपाली युवाको आर्थिक संघर्षसँग तुलना गरिएको छ ।

यी भिडियोहरूले राजनीतिक परिवार र सर्वसाधारणबीचको गहिरो खाडल देखाइदिएपछि युवाहरू अझै आक्रोशित भएका हुन् । यसलाई ‘नेपो बेबी’ ट्रेण्ड नाम दिइएको छ, जसमा विभिन्न धुन र भावनात्मक रुपमा उत्तेजित गराउने संगीत राख्दै नेताका छोराछोरीको विलाशितालाई देखाइएको छ । उनीहरुको विलाशितासँगै जनताका छोराछोरीको अवस्थालाई पनि देखाइन्छ ।

सामाजिक सञ्जाल टिकटकसँगै रेडिटमा पनि यो ट्रेण्ड बढ्दो छ । यसमा ह्यासट्याग ‘नो मोर करप्सन, वेक अप च्यालेन्ज’ जस्ता अभियान चलाइएको छ । नेताका छोरीछोरीको विदेश शयर, विलासी सामान प्रयोगदेखि अन्य ऐसआराम देखाइँदा नागरिकका छोराछोरी विदेशिइरहेको, काठका बाकसमा लास भित्रिएको, अनि गाउँघरमा दु:ख पाएका दृश्य देखाइएको छ ।

‘हाम्रो कर कहाँ जान्छ ?’ भन्दै सत्तालाई प्रश्न गरिएको छ । संसद् भवनभित्र सांसद उभिएका दृश्य राखेर ‘द स्ट्याण्डअप कमेडी सर्कस’ भन्दै हालिएको छ ।

सामाजिक सञ्जाल हेर्दा यसमा विशेषगरी टार्गेटमा देखिन्छन्– प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, डा. बाबुराम भट्टराई र उनीहरुका सन्तान । प्रचण्डकी नातिनी स्मिता दाहाल, देउवापुत्र जयवीर देउवालगातका तस्वीर पनि सार्वजनिक भएका छन् ।

यसबाहेक मिस नेपाल श्रृखंला खतिवडा पनि सामाजिक सञ्जाल प्रयोगकर्ताको निशानामा देखिन्छिन् । भलै उनको पक्षमा समेत कतिपयले आवाज उठाएका छन् । श्रृंखला एमाले नेता विरोध खतिवडाकी छोरी हुन् ।

नेपालसम्म यसरी यो अभियान आउनुमा फिलिपिन्स र इन्डोनेसियामा चलेको यस्तै अभियानलाई कारण मान्न सकिन्छ । lifestylecheckPH नामक सब–रेडिटमा त्यहाँका जेनजीहरुले फिलिपिन्समा आफ्ना नेताहरुको विलासितालाई सार्वजनिक गरेका छन् । यसबाहेक अन्य सामाजिक सञ्जाल प्ल्याटफर्ममा पनि यसबारे प्रशस्त भिडियो देख्न पाइन्छ ।

फिलिपिन्समा बाढी नियन्त्रणका आयोजनामा भएको भनिएको अनियमितताबारे सार्वजनिक छानबिन तीव्र छ । त्यसले पनि त्यहाँ रेडिटजस्ता सामाजिक सञ्जालको प्रयोग गरेर ठेकेदार र सरकारी अधिकारीका सन्तानको विलासी जीवनशैली सार्वजनिक गरेका हुन्

त्यस्तै, इन्डोनेसियाका पूर्वराष्ट्रपति राष्ट्रपति जोको विडोडो (जोकोवी) का छोरा गिब्रान राखाबुमिङ राका उपराष्ट्रपति पदका उम्मेदवार बनेपछि उत्पन्न विवादले त्यहाँ उग्र रुप लियो । शक्तिको आधारमा उदाएको भन्दै आलोचना बढ्यो र सुरु भयो– नेपो बेबी ट्रेण्ड ।

जुन लहरो नेपालसम्मै तानिएको देख्न सकिन्छ । यही लहरोले आक्रोशित बनेका युवामा घिउ थपिदियो, सरकारले गरेको सामाजिक सञ्जाल बन्दको निर्णयले । फलस्वरुप अब सडक संघर्षमै उत्रने संकेत नयाँ पुस्ता अर्थात् जेनजीहरुले दिएका छन् ।

जेनजीहरुले सुरु गरेको यो आन्दोलन विशेष र महत्वपूर्ण रहेको टिप्पणी सामाजिक सञ्जालतिर देखिन्छ । लेखक सुधीर शर्मा यो बाढीले ०८४ सालसम्ममा (र, सायद अहिल्यै पनि) धेरैलाई बगाउनसक्ने चेतावनी दिन्छन् ।
यस्ता अभियानलाई सामान्यीकरण गर्दै आएका अन्य टिप्पणीमा पनि आक्रोशित सुनिन्छन्, जेनजी । ‘सामाजिक सञ्जालको नाटक हो, दुईदिनको चुरीफुरी हो, केही हुँदैन यस्ताले रे,’ रेडिट प्रयोगकर्ता u/Scared_Bat295 ले सब–रेडिट r/NepalSocial मा लामो पोस्ट लेखेका छन्, ‘मेरो हातमा फोन छ, सकेको गर्छु । आन्दोलनमा पनि जान्छु । अरुलाई जनचेतना पनि भिडियो बनाएर फैलाउछु । कम्तिमा मान्छे अवेर त हुनथालेका छन् । तिमीहरु डिमोटिभेट गर्न खोज्नेहरु मुख थुनेर बस टाउको समातेर ।’

सडकमा पोखिँदैछ भर्चुअल आवाज

जेनजीहरुले सुरु गरेको यो आन्दोलन विशेष र महत्वपूर्ण रहेको टिप्पणी सामाजिक सञ्जालतिर देखिन्छ । लेखक सुधीर शर्मा यो बाढीले ०८४ सालसम्ममा (र, सायद अहिल्यै पनि) धेरैलाई बगाउनसक्ने चेतावनी दिन्छन् ।

‘हाम्रो राजनीतिक वर्गले जेनजीलगायत नयाँ पुस्ताको भाव, भंगिमा र भाषामात्र हैन, उनीहरुको आकांक्षा र सपनालाई पनि बुझ्न सकिरहेको थिएन । त्यसैले उनीहरुबीच दूरि क्रमश: बढिरहेको थियो,’ सामाजिक सञ्जाल बन्दको कारण यस्तो भएको बताउँदै शर्माले लेखेका छन्, ‘अब भर्चुअल आवज ढिलोचाँडो सडकमा र अन्यत्र पोखिने सम्भावना छ ।’

समाजशास्त्रका अध्येता दिपेश घिमिरे पनि नयाँ पुस्तामा देखिएको आन्दोलनप्रतिको चासो आफैँमा विशेष रहेको बताउँछन् । जीवनमा पहिलोपटक जेनजीहरु नयाँ तरिकाको आन्दोलन लिएर सञ्जालबाट सडकमा आउनुलाई गम्भीरताका साथ हेरिनुपर्ने उनको तर्क छ ।

घिमिरे भन्छन्, ‘जेनजीले भ्रष्टाचार र असमानताको मुद्दालाई नयाँ तरिकाले उठाएका छन् । हाम्रो पुस्ताले सम्पत्ति छानबिन वा राष्ट्रियकरणको कुरा गर्थ्यो, तर उनीहरूले नेताका सन्तानको जीवनशैलीसँग जनताको दैनिकीलाई तुलना गरेर असमानताको जरो देखाए । कसरी आममानिसलाई यी कुरा बुझाउने भनिरहेको अन्यौलतामा नयाँ पुस्ताको यो तरिका एकदम राम्रो र क्रियटिभ छ ।’

सामाजिक मुद्दामा जेनजीको यो चासो र सक्रियता अर्को बलियो पक्ष रहेको घिमिरेले बताए । ‘उनीहरूले सामाजिक सञ्जालमा व्यक्त असन्तुष्टिलाई एकीकृत गरेर सडकमा ल्याउने भन्दै छन् । यो सत्ताको कार्यशैलीविरुद्ध बिगुल हो । यसलाई नयाँ पुस्ताको नयाँ पञ्चको रुपमा हेर्न सकिन्छ,’ उनले भने ।

 

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026
नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

01/11/2026
सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

01/05/2026
सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

01/04/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist