दुहबी / सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ८ मा प्रथम सोनापुर औधोगिक, कृषी तथा रोजगार मेला आज उउद्घाटन भएको छ। प्रमुख अतिथि दुहबी नगर प्रमुख वेद नारायण गच्छादारले पानसमा दिप प्रज्वलन साथै शान्तिको प्रतिक सेतो परेवाको जोडी उडाएर कार्यक्रमको उद्घाटन गरेका छन्।
आज देखि २० गतेसम्मा अर्थात् १३ दिन सम्म चल्ने उक्त मेलामा दुहबी नगर उपप्रमुख मेनुका खतिवडा, वडा नम्बर ४ का अध्यक्ष मुस्तकिम मिया, ६ अध्यक्ष घनश्याम हलुवाइ, ८का अध्यक्ष तारिक सरदार, ९का अध्यक्ष मेहेदी हुसैन लगायत सरिक थिए भने कार्यक्रमको संयोजक इन्द्र राइ रहेका थिए।
स्वागत मन्तब्य मेमोरि युवा क्लव का अध्यक्ष खड्ग नारायण माझीले गरेका थिए। प्रमुख अतिथि नगर प्रमुख गच्छादार ले राज्यले बेरोजगारीको समस्या समाधन तर्फ उचित कदम नचाले पनि परमरागत शिक्षा प्रणालि भन्दा फरक गएर ब्यावसायिक शिक्षामा दुहबी नगरपालिकाले उल्लेखनिय कार्य गर्दै आएको र हाल सम्म यस्ता कार्यबाट ६ सय बढिले स्वरोजगार र दर्जनु ले रोजगार समेत पाइसकेको बताए।
दुहबी नगर पालिका उद्योग र कृषीको हव भएकोले पनि रोजगार र ब्यावसायिक आत्मनिर्भराअको लागी नगर्पालिकाले करोडौ खर्च गरेको बताए। रोजगारमेला देखावटे नभै नगरबासिको हित र उन्नतिको सिढी भएको हुदा सबैले यस्को भरपुर फाइदा लिन समेत उनले आग्रह गरेका छन्। वडा अध्यक्ष तारिक सरदार, उपमेयर मेनुका खतीवडाले मेला सफल सम्पन्न गर्न सबैले साथ सहयोग गर्नु पर्नेमा जोड दिए।




