दुहबी / सुनसरीको दुहबी २ स्थित संचालनमा रहेको प्रभात फुड प्रोडक्ट उद्योगमा काम गर्ने मजदुर शिवु उराँवको रहस्यमय मृत्यु भएको भन्दै मृतका आफ्न्तले आज कोशि राजमार्गको दुहबी क्षेत्रमा घटनाको छानबिन गरी दोषी उपर कार्वाहीको माग गर्दै २ घण्टा चक्का जाम गरेका थिए ।
उता घटनाको छानबिन गर्न ईलाका प्रहरी कार्यालय ईटहरीका डीएसपी ल्क्षमि भण्डारीको नेतुत्वमा ५ सद्स्य छानबिन समिति गठन भएको दुहबी प्रहरी प्रमुख सागर तिम्सिनाले बताएका छन उनका अनुसार घटना भए देखि अनुसन्धानमा कुनै कसर बांकी नराखी थप अनुसन्धान अगाडी बढाएको बताए ।
यता आन्दोलनका नेतुत्व गरिरहेका समाजवादी ट्रेड युनियन माहासंघ कोशि प्रदेशका अध्यक्ष राजेश यादवका भनाई अनुसार शिवु उराँव रहस्यमय मृत्यु बारे डिएसपिको नेतुत्वमा छानबिन समिति गठन भएकोले सबै पक्ष बाट अनुसन्धानमा सहयोग पुर्याउने भन्दै आजको वार्ता बाट तत्त्कालको लागी आन्दोलन फिर्ता भएको बताउदै सत्यतथ्य छानबिन नभए पुन आन्दोलनमा जाने यादवले कोचिला खबर लाई बताएका छन
गत शनिबार बिहान सो उद्योगको गेट अगाडीको नालामा मोरङ जिल्ला बुढी गंगा ७ कमल पुर घर भएको बर्ष ३५ शिवु उराँवको सव फेला परेका थिए ।
मृतक उराँवका दिदी सुचिया उराँवका भनाई अनुसार भाई शिवु उराँव
गत सोमबार बिहान घर बाट डिउटी ( काम गर्न ) जादैछु भन्दै हिनेका भाई ५ पछि काम गर्ने उद्योगको गेट अगाडिको नालामा मृत फेला पर्नु भनेको हत्याको भएको आशंका जनाएका थिए ।




