दुहवी / सुनसरीको दुहबी ४ स्थित रहेको दुहबी खानेपानी मुल उपभोक्ता समितिसँग दुहबीका स्थानीयले दशंै खर्च भन्दै लाखौं रकम कर्मचारी लगायतमा बाडेको बिवरण , मुल उप भोक्ता समितिले पाउने बैठक भता र ३७ लाख बांकी बक्यौता रकको सम्पुर्ण विवरण बिल भर्पाई सहित सार्वजनिक गर्न माँग गरेका छन।
दुहबी खानेपानी समितिमा उपभोक्ता समितिले आफू खुशी दशै खर्च भन्दै लाखौं रकम बोनस स्वरुप बाडेको , पहिलाको समितिका पदाअधिकारीले प्रत्येक बैठक्ब भत्ता प्रती ब्यक्ती ६ सय लिदै आएकोमा आल न्या समितिले बैठक भक्ता ६ सय बाट बढाएर १ हजार सम्म पुर्याएको भन्दै आर्थिक हिनामिना भएको आशंका भएको जनगुनासोको आधारमा दुहबीका स्थानीयहरुले बिहिवार सूचनाको हक प्रयोग गरि आय व्ययको सम्पुर्ण बिल भर्पाई सहितको विवरण सार्वजनिक गर्न माँग गरेका छन ।
दुहबी खानेपानी संस्थाले अपारदर्शी रुपमा रकम हिनामिना गरेको आशंका बयाप्त जनगुनासो आएकाले नव गठित दुहबीका केही स्थानीयले त्यसको पुष्टी गर्नका लागि सूचना मागेका हुन् ।
उता दुहबी खानेपानी संस्था लाई ३७ लाख रकम पानीको बिल ब्यक्ती र संघ संस्थाले तिर्नु पर्ने देखिँदा समेत सो रकम असुल उपर गर्न हाल सम्म पनो समितिले कुनै काम कार्वाही अगाडी नबढाएर मुख दर्सक भएको स्थानीयहरुको आरोप रहेको छ । सुचनाको हक सम्बन्धि ऐन २०७२ बमोजिम दुहबी खानेपानी संस्थाबाट आय व्यय विवरण सार्वजनिक गर्न माग गरेको हो ।
सो बिषयमा दुहबी खानेपानी मुल उपभोक्ता समितिका अध्यक्ष जिवन थापाले केही कारण बस यस अघिको समितिले दशैखर्चस्वरुप १ महिनाको तलब बराबरको
रकम कर्मचारीहरु लाई दिने लिखित सहमती भएको हुनाले दशै खर्च रकम बाडेको स्विकार गरेका छन ।
पानीको बिल अनुसार पुरानो बाकी बक्यौता ३७ लाख रकम केही ब्यक्ति र संघ संस्था संग अशुल उपर गर्न लिखित परिपत्र पठाएको भन्दै पैसा तिर्न अटेर गरे चाड वाड पछि खानेपानी मिटरको लाईन काट्ने बताए ।
थापा भन्छन लाखौं रकम दशै खर्च बोनस बाडने आफुहरु लाई पनि चित नबुझेको भन्दै आगामी दिनको संस्थाको बार्सिक साधारण सभा बाट यस्ता सुबिधाहरु संसोधन गर्ने बताए ।