दुहबी / सुनसरीको दुहबी नगरपालीकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ८८ करोड ७७ लाख ६८ हजार रूपैयाँको बजेट पेश गरेको छ।
१३ औ नगरसभा मार्फत आइतबार नगरपालीका उपप्रमुख मेनुका खतीवडाले पेश गरेको बजेटको स्रोतमा संघीय सरकार र प्रदेश सरकारबाट प्रापत ससर्त अनुदान २८ करोड ४६ लाख ७५ हजार, राजश्व बाडफाँटबाट १२ करोड १३ लाख १४ हजार, बित्तिय समानिकरण बाट १६ करोड ३८ लाख ३५ हजार र समपुरक अनुदान बाट ७८ लाख र आन्तरिक वडागत मार्फत ५ करोड रहेको छ्।
संघिय सरकारले बजेट बिनियोजन गर्दा ससर्त अनुदान, समपुरक र बित्त समानिकरणमा गत आ ब ८९/८० र ०७८/७९ को भन्दा करिब ६ करोड कटौति गरि पठाए पछि दुहबी नगर प्रमुख बेद गच्छादार आक्रोसित बनेका थिए। संघले दुहबि उपर निर्मम बनेर बजेट कटौति गरेतापनि वडा गत सिलिङ्ग भने गत आ ब बराबरनै बिनियोजन गरेका छन्।
दुहबीका १२ वटै वडामा जम्मा ९ करोड ८३ लाख ५४ हजार बजेट सिलिङ बिनियोजित गरिएको छ। नगरपालीकाले चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी दिन बाँकी रहेका र क्रमागत एवम् बहुवर्षीय ठेक्का भएका योजनाहरु समयमै सम्पन्न गर्न ७ करोड ५२ लाख बजेट विनियोजन गरेको छ।
दुहबी नगरपालीकाले स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि उत्पादन, खानेपानी, दिगो पूर्वाधार विकास निर्माण तथा प्रभावकारी सेवा प्रवाहमार्फत् सुशासन कायम गरी नगरवासीलाई परिवर्तनको प्रत्यक्ष लाभ पुर्याउन कटिबद्ध रहेको नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख बेद गच्छादारले यस आ ब को निति तथा कार्यक्रममा बिपन्न समुदायको काजकृया दाहसस्कारका लागी रु ५ हजार दिने समावेस गरेका छन्।





