• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

जोगवनीको किनमेलमा कडाइ, सय रुपैयाँ भन्दा बढीको सामान ल्याए भन्सार तिनुपर्ने

काेचिला खबर by काेचिला खबर
01/23/2023
in स्थानीय
79
SHARES
358
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर । खुद्रा सामान खरिद गर्न भारतीय बजार जोगवनी जाने प्रवृत्तिलाई न्यूनीकरण गर्न विराटनगर भन्सार कार्यालयले कडाइ गर्न थालेका छ ।

चोरी, तस्करी र भन्सार चुहावट हुने क्षेत्रमा सुधार गरि राजश्व वृद्धि गर्ने द्देश्यले औपचारिक तथा अनौपचारिक दुवै तर्फबाट हुने चुहावट नियन्त्रण गर्ने तर्फ भन्सार कार्यालयले एकैसाथ काम थालेको हो ।

विराटनगर भन्सार भएर भारतको जोगवनी बजारमा दैनिक हजारौं नेपालीहरु किनमेलका लागि जाने र करोडौं रुपैयाँ खर्चिने गरेकोले त्यसलाई रोक्न भन्सार कार्यालयले भारतबाट आउने यात्रु र किनमेलका लागि गएका उपभोक्ताहरुमाथि कडाइ गर्न थालेको हो ।

दैनिक बजार भर्न भारतीय बजार जोगवनी जानेहरुबाट संकलन हुने भन्सार राजश्वमा उल्लेख्य सुधार आएको विराटनगर भन्सार कार्यालयका सूचना अधिकृत रामचन्द्र ढुंगानाले जानकारी दिए ।

जोगवनीमा किनमेल गर्न विराटनगर, इटहरी, धरान, बेलबारी तथा उर्लाबारी र दमकसम्मका उपभोक्ताहरु जाने गरेका थिए । सूचना अधिकृत ढुंगानाले नेपाली बजारमा पाइने उपभोग्य र खुद्रा वस्तु खरिद गर्न पनि भारतीय बजारमा जाने प्रवृत्ति बढ्दै गएपछि त्यसलाई रोक्ने प्रयास गरिएको बताए । ‘विगतदेखिनै भारतीय बजारमा खुद्रा किनमेल गर्ने प्रवृत्ति कमी ल्याउने प्रयत्न गरिएको हो तर अहिले सुरक्षा निकायको सहयोगमा त्यसलाई थप कडाइ गरिएको हो ।’ चिनी तथा केही खाद्यवस्तु भारतीय बजारमा सस्तोमा पाइए पनि उपभोक्ताहरुले परिमाणमा ठगीने गरेको ढुंगानाले बताए । त्यो बाहेक बजारलाई निर्वाध खुला छोडिदिँदा नेपाली बजार र व्यापारमा पर्ने असर कम गर्न नसकिएकोले भन्सारलाई व्यवस्थित गरिएको उनको भनाइ छ ।

जोगवनी–रानी प्रवेशद्वारबाटै उपभोक्ता र भारतबाट आउने यात्रुहरुलाई चेकजाँच गर्ने कार्यलाई कडाई गर्न थालेपछि भन्सार खुद्रा वस्तुहरुको आयातका लागि भन्सारसँग अनुमति लिने क्रम बढ्न थालेको छ । लामो समयदेखि भारतबाट माछाको आयात गर्दा औपचारिक मार्ग प्रयोग नभइरहेकोमा केही दिनयता माछा आयातका लागि भन्सारमा अनुमति माग्न थालिएको छ । सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी, जनपद प्रहरीका युनिटहरु र सिंगो भन्सार कार्यालयले सीमा क्षेत्रबाट हुने चोरी तस्करी र अनौपचारिक आयातमाथि निगरानी बढाउँदै कडाइ गरेपछि थुप्रै वस्तुहरु भन्सार मार्फत आयात हुन थालेको ढुंगानाले बताए । ‘भन्सार क्षेत्र र चोरी तस्करी हुने नाकाहरुमा भन्सार र सुरक्षा निकाय दुवैले कडा गर्न थालेपछि तस्करी पनि धेरै हदसम्म न्यून भएको छ, हिजोअस्ति भन्सारमा नआएको माछा लगायतका वस्तु र भन्सार महशुल महंगो पर्ने कतिपय खुद्रा वस्तुहरु आयात गर्न हामीबाट अनुमति लिन थालिएको छ । यसलाई सुधारको रुपमा लिन सकिन्छ ।’ विराटनगर भन्सार कार्यालयले तीन साता यताबाट यात्रुहरुले ल्याउने सामानमा कडाइ गर्न थालेको हो । अहिले एक सय रुपैयाँ भन्दा बढी मूल्यको वस्तुमा अनिवार्य भन्सार तिराउन थालिएको छ ।

जोगवनीबाट चामल, पिठो, तेल चिनी जस्ता खाद्य वस्तुको आयातमा पूरै कडाइ गरिएको छ । खाद्यावस्तु किनेर ल्याएमा फिर्ता गराउने गरिएको छ । घरायसी प्रयोजनका निमित्त जोगवनीबाट खाद्यवस्तु ल्याउनु परेमा गुणस्तर कार्यालयको सिफारिस अनिवार्य गरिएको छ भने तरकारी ल्याउन पूर्ण रोक लगाइएको छ । भाँडाकुँडा, लत्ताकपडा ल्याएमा भने भन्सार यात्रुकक्षबाटै भन्सार महशुल लिने गरिएको छ । विराटनगर भन्सार कार्यालयका लागि चालु आर्थिक वर्ष २०७९÷८० मा ६० अर्ब रुपैयाँ भन्सार राजश्व संकलन गर्ने लक्ष्य तोकिएको छ । तर अर्धवार्षिक अवधिमा विराटनगर भन्सार कार्यालयले लक्ष्यको ५८ प्रतिशत मात्र प्रगति गरेको छ । विराटनगर भन्सार कार्यालयले साउन महिनामा करिव ८१ प्रतिशत लक्ष्य प्राप्त गरेबाहेक कुनै पनि महिना ६५ प्रतिशत भन्दा बढी लक्ष्य भेटाउन सकेको छैन । पुस महिनामा ५ अर्ब भन्दा बढी भन्सार राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा ४६ प्रतिशत मात्र प्रगति हासिल गरेको थियो ।

सूचना अधिकृत ढुंगानाले चोरी तस्करी र अन्य प्रकारका चुहावट रोक्ने प्रयत्नले अहिलेको भन्सार लक्ष्य भेटाउन नसकेपनि प्रणालीमा सुधार हुने बताए । उनले भने ‘यतिनै कारणले त भन्सार लक्ष्य पूरा गर्न सकिदैन तर ५ प्रतिशत मात्र वृद्धि गर्न सकियो भने पनि हाम्रो लागि ठूलो कुरा हो ।’
विराटनगर भन्सार कार्यालयले सीमा क्षेत्रबाट हुने तस्करी रोक्न विशेष गस्ती टोलीहरु परिचालन र बजारमा आकस्मिक अनुगमनसमेत गरिरहेको जनाएको छ । त्यस बाहेक यात्रु शाखाबाट सर्वधारण उपभोक्ता र यात्रुहरुलाई नियमित रुपमा सचेतनामूलक सूचना प्रवाह गरेर नेपाली बजार प्रवद्र्धन गर्न र चुहावट नगर्न आग्रह गरिरहेको छ । हाम्रोमत बाट साभार

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

02/04/2026
४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026
सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

01/05/2026
सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

01/04/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist