• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

बर्जु महोत्सव झडपको दोषी को : छानविन गरेर कारवाही गर्न आवश्यक

काेचिला खबर by काेचिला खबर
01/21/2023
in स्थानीय
66
SHARES
299
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / सुनसरीको बर्जु गाउँपालिकामा पौष २२ गते देखि माघ ३ गते सम्मका लागि बर्जु महोत्सवको आयोजना गरेको थियो

बर्जु सामुदायिक विकास केन्द्रले बार्षिक रुपमा बर्जु ताल र चरा पर्यटनका लागि बर्जु महोत्सव आयोजना गर्दै आएकोमा यस बर्ष समेत महोत्सवको आयोजना गरेको थियो पारिवारिक माहोलमा आपसमा रमाइलो साटासाट गनुपर्नेमा मंगलबार भने बर्जु महोत्सवमा झडपको स्थित सृजना भएको थियो ।

बर्जु महोत्सवमा लगातार दोस्रो वर्ष पनि झडप हुँदा त्यहाँको पर्यावरणीय पर्यटनमा नकारात्मक असर परेको छ । मंगलबार दिउँसो बर्जुको चिमडीमा भारतीय भोजपुरी गायक अभिनेता खेसरीलाल यादव आएका बेला प्रहरी एवं स्थानीयबीच झडप भएको स्थानीयवासीको भनाई रहेको छ ।

संयोग कस्तो रह्यो भने, गत वर्ष सञ्चालित बर्जु महोत्सवमा पनि यादवकै कारणले हिंसात्मक घटना भएको थियो । त्यस बेला यादवले प्रयोग गरेको ५ वटा महँगा गाडीहरु जलाएर दर्शकहरुले खरानी बनाएका थिए । यसपटक गत वर्ष जतिको धनमालको क्षति नभएपनि सर्वसाधारण एवं प्रहरी गरेर ५ जना घाईते भएका छन् ।

अघिल्लो वर्षको माघ ४ मा कोरोना महमारीका कारणले जिल्ला प्रशासन कार्यालय सुनसरीले खेसरीलाल यादवलाई महोत्वमा आउनका लागि रोक लगाएपछि आक्रोसीत दर्शकहरुले ढुंगामुढा र आगजनी गरेका थिए । जसका कारणले एक करोड भन्दा बढीको गाडि तथा बिभिन्न उपकरणहरु जलेर खरानीमा परिणत भएको थियो ।

यस पटक माघ ३ मा भने उहाँलाई ल्याएपछि राम्ररी देख्न नपाएको बहानामा झडप सिर्जना भएको छ । खेसरीलाललाई माघ ३ मा २ घण्टा प्रस्तुति दिनका लागि भनेर अग्रिम सम्झौता गर्दै १५ लाख रुपैयाँ दिइसकेको थियो । खेसरीलाल आएकै दिन टिकट बिक्री गर्दा भीड व्यवस्थित हुन नसकेको र उहाँलाई हेर्न नपाएपछि झडपको स्थिति उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

भारतीय दर्शक पनि अत्यधिक आएको र बिहानैदेखि मादक पदार्थ सेवन गर्ने भएकाले अराजक स्थिति उत्पन्न भएको प्रहरीको भनाई रहेको छ । झडपमा तीन प्रहरी सहित ५ जना घाइते भएका छन् । मोरङको धनपाल गाउँपालिका ३ कदमाहा का २५ वर्षीय सीताराम मेहता घाइते भएर हाल विराटनगरको नोबल अस्पतालमा उपचार गराइरहेका छन् ।

झडपमा उत्रेको आरोपमा बर्जु–६ का १८ वर्षीय सुशील चौधरीलाई पक्राउ गरी हिरासतमा राखिएको छ । बर्जु महोत्सवमा भारतीय कलाकार ल्याउने गरेको र अनाधिकृत रुपमा टिकटको शुल्क लिएका कारणले समेत बार्षिक रुपमा बिबाद उत्पन्न हुदै आएको छ ।

बर्जुमा भएको झडपको बिषयमा छानबिन गर्नका लागि समेत स्थानीयवासीले माग गरेका छन् । त्यसैले महोत्सवमा भएको झडपको बिषयमा यर्थात छानविन गरेर दोषी माथि कडा कारवाही गर्नु अहिलेको आवश्यक्ता देखिन्छ । नत्र बार्षिक रुपमा हुने बर्जु महोत्सवमा झडप हुदै जाने हो भने ठुलो आर्थिक तथा भौतिक नोक्सानीको सामना गर्नुपर्ने हुन्छ ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

11/27/2025
दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

11/25/2025
संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

11/11/2025
दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

11/11/2025
मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

11/10/2025
बर्जुबाट २५७ किलो गाँजा सहित स्कार्पियो प्रहरीको नियन्त्रणमा

बर्जुबाट २५७ किलो गाँजा सहित स्कार्पियो प्रहरीको नियन्त्रणमा

11/08/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist