दुहबी/ दुहवीका २५ जना शेयर सदस्यहरुबाट स्थापना भएको श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड दुहबीको शेयर सदस्य संख्या २३ औं वर्षमा लाग्दा २ हजार ८ सय ५५ सम्म पुगेको छ । दुहवी ५ स्थित रहेको संस्थाको भवन परिसरमा शुक्रवार आयोजित २२ औं साधारणसभामा प्रस्तुत प्रतिवेदन अनुसार श्री जनकल्याण साकोसमा निक्षेप संकलन १९ करोड ८१ लाख ३२ हजार ७ सय ५६ रुपया सम्म पुगेको छ । यस अवधिमा आर्थिक वर्ष २०७८/०७९ असार मसान्त सम्ममा २ करोड ४७ लाख ३३ हजार मुनाफा आर्जन गरेको प्रतिवेदनमा उल्लेख छ । साधारणसभामा संस्थाका अध्यक्ष मिलिराम चौधरीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै स्थापना यता निरन्तर सफल सहकारीको रुपमा अघि बढेको यस सहकारीको संस्थागत आर्थिक र सामाजिक रुपमा पनि सशक्त र सबल रुपमा उभिएको जनाउँदै संस्थाले एम्बुलेन्स सेवा,मलखाद्य सेवा,लघुवित्त सेवा,सुपथ मूल्यको पसल, रेमिटेन्स सेवा र रक्तदान कार्यक्रम मार्फत निशुल्करुपमा रगत सिफारिस गर्दै आएको जनाएका छन ।
श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२ औं साधारण सभामा प्रमुख अतिथि दुहबी नगरपालिकाका प्रमुख बेदनारायण गच्छदारले शुभकामना मन्तव्य दिदैं सहकारी संस्थाहरुले गरिबि निवारणमा ध्यान दिनुपर्नेमा जोड दिए। । साधारणसभाका बिशिष्ठ अतिथि गढी गाउँपालिकाका अध्यक्ष आशनारायण चौधरी,भूमि ब्यबस्था,सहकारी तथा गरिबि निवारण मंत्रालय प्रदेश नम्बर एकका उपसचिव तोयानाथ तिम्सिना लगायतका अतिथि बक्ताले सहकारीको सफलता यस्का निक्षेपकर्ताहरुको आत्मनिर्भरता सँग गाँसिएको हुने भएकोले सम्पूर्ण सदस्यहरुले आत्मसाथ गर्दै जानुपर्नेमा जोड दिए ।





