दुहबी / सुनसरीको दुहबी नगरपालिकाले नगर स्तरीय मेलमिलापकर्ताहरुको क्षमता अभिवृद्धि
सम्बन्धी ५ दिने तालिम आईतबार देखी शुरु गरेको छ ।

मेलमिलापकामाध्यमबाट न्यायिक प्रक्रियालाई सहज र प्रभावकारी बनाउन दुहबी नगरपालिकाले मेलमिलापकर्ताहरु लाई तालिम सञ्चालन गरेको हो ।
दुहबी नगरपालिका न्यायीक समितिको आयोजनामा सञ्चालित तालिममा नगरपाालिकाका १२ वटा वडाका ३० जना सहभागी रहेका छन ।

विवादको साटो, मेलमिलापको बाटो भन्ने नाराका साथ शुरु तालिममा विवाद, मेलमिलापको पद्धती, मेलमिलाप सम्वन्धी प्रचलित कानुनी व्यवस्था, मेलमिलापको शिप, मेलमिलाप प्रक्रिया, विवाद छनौट, मेलमिलापकर्ताका गूणहरु र मेलमिलापका आचारसहिंता, सहमतीय निकास लगायतका विवीध पाटोमा सहजीकरण गरिनेछ ।

उदघाटन समारोहलाई सम्वोधन गर्दै दुहबी नगर प्रमुख वेदनारायण गच्छ्दारले मेलमिलाप समितिमा धेरै खालका मुद्दा आइरहने हुनाले मेलमिलामकर्तामार्फत विवाद निरुपण हुने बातावरण सिर्जना भए विकास निर्माणले थप गती लिने नगर प्रमुख गच्छ्दारले बताएका थिए ।
दुहबी नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक मेनुका खतिवडाले न्यायका लागि मेलमिलापको माध्यम उपयुक्त भएको भन्दै यसको व्यापकता र प्रभावकारिता मेलमिलापकर्तामा निर्भर रहने बताएका थिए ।

मेलमिलापबाट समाधान गरिएका विवादहरु कार्यान्वयन गर्न प्रभावकारी रहने हुनाले मेलमिलाप प्रक्रियालाई नगरपालिकाले प्राथमिकता साथ अवलम्वन गर्नु पर्ने उप प्रमुख खतिवडाले आवश्यक्ता रहेको बताईन ।
सो उदघाटन तालिम समारोहमा दुहबी नगरपालिकाका प्रमुख
प्रशासकीय अधिकृत राज कुमार केसी , योजना शाखा प्रमुख डमर बजगाई , न्यायिक शाखाका कर्मचारी शारदा सिवाकोटी
जनप्रतिनिधि लगायतको उपस्थिति रहेका थिए ।
सो तालिम उदघाटन समारोहको सञ्चालन दुहबी नगरपालिका न्यायीक शाखा प्रमुख पार्वता तिम्सिनाले गरेकि थिन।

तालिममा मुख्य प्रशिक्षक मेघ राज नेउपाने , तथा अधिवक्ता बिरेन्द्र बस्नेत लगायतले सहजीकरण गरिनेछ ।





