दुहबी / सुनसरीको दुहबी ९ स्थित रहेको नहरको कृषि सडकको छेउमा एक युवा मृत अवस्थामा फेला परेका छन्।
मृतक २१ वर्षीय अबु तालिफ दुहबी ९ छाताबेलीका स्थानीय वासिन्दा रहेको ईलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक जयदेव माझिले जानकारी दिएका छन।
माझीका अनुसार सोमबार राती ८ .३० बजेको समयमा तालिफको घांटीमा केबलको तार बेरिएको मृत अवस्थामा फेला परेको बताए ।
उनका अनुसार सो घटना बारे थप अनुसंधान भईरहेको र पोस्टमार्टमको रिपोर्ट नआउन्जेल ह्त्या वा आत्महत्या भने कुरा केही भन्न नमिल्ने बताए ।





