दुहबी/ भर्खरै सम्पन्न भएको सुनसरी क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्यमा निर्वाचित उमेदवार भगवती चौधरिको बिजय जुलुस मनाउने क्रममा दुहबी ९ छाताबेतिका केही महिलाहरु माथि एमालेका नेता कार्यकर्ताले हातपात गरेको नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का सभापति तथा दुहबी ९ का वडा अध्यक्ष मेह्दी हुसैनले आरोप लगाएका छन्।
शान्तिपुर्ण तरिकाले आफ्ना मतदाता माझ पुगेर आशिर्बाद लिन र धन्यबाद दिन कानुनले बाटो दिएपनि केहि कार्यकर्ताहरुले जितको रौनकमा बिपक्षि पार्टिका नेता कार्यकर्ता हरुलाइ तल्लो स्तरको गालि गलौज गर्ने , होच्याउने, खिसिटेउरि गर्ने, खसाल्ने र बदनाम गर्ने अनैतिक हर्कत देखाउदै दुहबी ९ छाताबेलि छिरेको र घर भित्रका महिला हरुलाइ जबरजस्ति अबिर दल्ने र हातपात समेत गरेको हुसैनले आरोप लगाएका छन्।
सभापति मेहदि हुसैनका अनुसार दिनको समयमा घरमा आराम गरेर बसिरहेका हाम्रा नेपाल काङ्ग्रेसका कार्यकर्ता हरुलाइ तथानाम गालि गलौज गरियो, मुर्दाबाद भनियो, बृद बृदा असक्तहरुको काननै बन्दहुने गरि डिजे बजाउदै होलिको झै रङ्ग बोकेर घर घर छिर्ने काम भयो , हामिले पटक पटक त्यसो नगर्न अनुरोध गर्दा हामि माथिनै भिड आइलायो र अन्धाधुन्द मुक्का प्रहार गर्न थालिएको आरोप
छ ।
उनि थप्छन , के यहि हो राजनिति संस्कार? चुनावमा हार जित हुन्छ तर यसरि गाउघर पसेर जबरजस्ति कसैमाथि जाइलाग्नु कसैको ब्यक्तिगत चरित्र हत्या गर्नु,ज्यान माथि नै खेलबड गर्नु जायज हो?हजारौको भिडले हामि माथि जाइलाग्यो , हाम्रा साथिहरुलाइ घाइते बनायो , यस्को सम्पुर्ण जिम्बेवारि भगवति चौधरिले लिनु पर्छ।
अचानक यस्तो अपृय घटना घटेको प्रति अचम्मित हुदै हुसैन भन्छन, यो योजनाबद्द गरिएको संघातिक आक्रमण हो, केहि मिडिया प्रयोग गरेर काँग्रेसले ढुङ्गा मुडा गर्यो भनेर प्रचार गर्न लगाएछन, यस्तो गलत समाचार संप्रेशण गरेको प्रति सिङ्गो कांग्रेसको आपत्ति छ।
उनले भने शान्तिपुर्ण तरिकाले सभा, सम्मेलन , र्यालि गर्न संबिधानले छुट दिएपनि बिजय उत्सबको खुसियालिमा यस्ता अपृय घटना घट्नु सामाजिक रुपमा बिखन्डन हुनु हो। सामाजिक मितब्ययिता, भाइचारा, र आपसि सद्भाव कायम गरि समुन्नत समाज निर्माण गर्न सबै जात जाति , पार्टि र समुदायको अनिवार्य आवस्यकता हुन आउछ। हिजो कांग्रेसले जित्यो, आज एमाले ले जित्यो, भोलि अरु कुनैले जित्ला तर समाज अनवरत अकाट्य रहने छ।
निर्वाचनमा पार्टिको चुनाव चिन्ह बोकेर हिडेपनि बिजय भए पछि आम जनताको अभिभावक हुनेछ। बिजयि उमेदवार ले आफ्ना कार्यकर्ता लाइ संयमित बनाउन नसक्नु, उदन्ड हुन उक्साउनु, सहयोग गर्नु ले आम नागरिकको मानसपटलमा कस्तो प्रभाव पर्ला? हुसैन भन्छन् प्रश्न सोचनिय देखिन्छ।
भगवती चौधरि अब अमुक एमालेको मात्रै संसद होइन, समग्र सुनसरि ३ का जनताको नेता हुन, त्यसैले यस्ता गतिबिधि अब दोहोरिने छैन भन्नेमा बिस्वास लिन जरुरी रहेको हुसैन बताउँछन् । उता एमालेका स्थानीय नेता मुस्तकिम मियाका अनुसार एमालेको बिजय जुलुसमा कांग्रेस नेताकार्यकर्ताले अवरोध गरेर ढुंगामुढा गरे पछि विवाद उतपन्न भएको दावी गरे।





