• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

सुनसरी ३ मा विकासका लागी भगबती चौधरीलाई जिताउनै पर्ने : ओली

काेचिला खबर by काेचिला खबर
11/17/2022
in स्थानीय
64
SHARES
291
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी / सुनसरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुनसरी क्षेत्र नं. ३ को विकासका लागि भएपनि भगबती चौधरीलाई जिताउनै पर्ने बताएका छन् ।

एमाले तथा जनता समाजवादी पार्टी संयुक्त निर्वाचन परिचालन कमिटीले आज दुहवीमा गरेको बृहद् संयुक्त जनसभालाई संवोधन गर्दै ३० वर्षदेखि एउटै व्यक्ति सत्तामा पुगेपनि विकास हुन नसकेको बताए ।

उनले भगबती चौधरी एउटी इमान्दार, कर्मठ, भिजन भएको महिला भएकाले जिताउनु पर्ने बताए । ‘जनताको प्रतिनिधि भएपछि छाती खोलेर जनताको विचमा हिँड्नु पर्ने लुकेर हिँड्नु परेको छ । गर्न नहुने काम गर्छन् मुद्दा लाग्छ भागेर हिँड्छन् । यस्तो मान्छेलाई जिताउने देशलाई कसरी बनाउनु पर्छ, जनताको गरिबी कसरी हटाउनु पर्छ भनेर लागिरहेको विकास प्रेमी, जनप्रेमी, नेतृलाई जिताउने ?’ चौधरीले सरकारमा नहुँदा पनि संस्था स्थापना गरेर काम गरेको भन्दै अत्याधिक मतले जिताएर पठाउन आग्रह गरे ।

ओलीले भगबती सुनसरीको छोरी भएको बताउँदै जिताएर पठाए मन्त्री बनाएरै पठाउने बताए । सुनसरीको विकास गर्न साथै, मंसिर ४ गतेको निर्वाचन पछि सुनसरीमा नेपाली कांग्रेस बढारिने पनि ओलीको दावी छ । ‘मंसिर ४ गतेपछि सुनसरीमा आँधीहुरी आउँदैछ, धोध्रो परेको रुख बढारिन्छ ।’ ओलीले भने

उनले एमाले निष्पक्ष निर्वाचनको पक्षमा रहेको बताउँदै राष्ट्र सेवकहरु गठबन्धनको सेवक बन्न नहुनेपनि बताए । ‘तपाईहरु राष्ट्र सेवक हो, गठबन्धनको सेवक हैन ।’ मतपत्र र मतपेटिका सुरक्षाका सवालमा मतदान हुँदादेखि मतगणना सम्पन्न नहुँदासम्म एमालेका कार्यकर्ताहरुको आँखा झिम्किन नहुने बताए । विगतमा गच्छदारले धाँधली गरेर निर्वाचन जितेको चर्चागर्दै बाकस साट्ने, मतपत्र फेर्ने कुनैपनि प्रकारका गतिविधि गर्न नदिन चनाखो हुनुपर्ने बताए ।

‘आँखा अगाडी बाकस हुनुपर्छ, मतदानमा मतदाताले आफ्नो मत आफैं खसाउन पाउनुपर्छ । एउटा आँखा झिमिक्क भए अर्कोले हेर्नुपर्छ । धाँधली गर्न नदिनुहोस ।’ ओलीले भने । राणा शासन, पञ्चायत शासन ढालेर आइएको बताउँदै विजय गच्छदारले बाकस साटेर निर्वाचन जित्ने दिन गइसकेको ओलीको भनाई छ । ‘राणा शासन फालेर आइयो, राजतन्त्र फालियो, विजय गच्छदारले बाकस साटेर सधैं जित्ने ? चल्छ यो ?’ ओलीले प्रतिप्रश्न गरे । एमाले कानुन र आचारसंहिता पालन गर्न प्रतिबद्ध रहेको पनि बताए । जनताको शक्ति भन्दा ठूलो केही नरहेको बताउँदै एमाले लोकतन्त्रको पक्षमा, जनताको पक्षमा, न्यायको पक्षमा रहेको बताए ।

ओलीले नेपाली कांग्रेसका बिजयकुमार गच्छदारलाई एमालेले भ्रष्टाचारको मुद्दा नलगाएको प्रष्ट्याए । बालुवाटार ललिता निवास जग्गा प्रकरणमा मुछिएका गच्छदार लगायत धेरैलाई गलत गरेकैले नियामक निकायले मुद्दा लगाएको बताए । ‘केपी ओली प्रधानमन्त्री हुँदा मलाई मुद्दा लगायो भन्नु हुन्छ, मुद्दा दर्ता मैले गर्ने होर ? न म जाहेरी दिने मान्छे हुँ, न मुद्दा दर्ता गर्नेमा संलग्न छु, प्रहरीको जाहेरी दर्ता फाँटमा पनि छैन, सरकारी वकिल पनि हैन ।’ गच्छदारलाई इङ्गित गर्दै ओलीले प्रश्न गरे–‘बेठिक गर्ने बेलामा आँखा नदेख्ने पछि प्रधानमन्त्रीले मुद्दा लगायो भन्ने ?’

साथै, ओलीले गच्छदारलाई भ्रष्टाचार मुद्दा लागेकोले जितेर गएपनि सांसद हुन नपाउने भएकाले यो क्षेत्र सांसद विहिन जनाए । कार्यक्रममा बोल्दै प्रतिनिधि सभा उम्मेदवार भगबती चौधरीले शिक्षा,स्वास्थ्य, सडक पूर्वाधार लगायत विकासका आधारभूत कुराबाट बञ्चित सुनसरी क्षेत्र नं. ३ लाई नमुना क्षेत्रको रुपमा विकास गर्न आफ्नो उम्मेदवारी रहेको बताइन् । चौधरीले य्ुवाको, मजदुरको, किसानको साझा एजेण्डाहरु लिएर चुनाबी मैदानमा उत्रिएको जनाउँदै जनताको माग र मुद्दामा काम गर्न आफुहरु लागि पर्ने बताइन् ।

जनसभामा प्रदेश ३ क का उम्मेदवार रोहित बहादुर कार्की, ख का रामदेव यादव, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य रञ्जित गोश्वामी तथा सुनसरी निर्वाचन क्षेत्र नं. ३ परिचालन कमिटी संयोजक लिलम बस्नेत लगायतले संवोधन गरेका थिए ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026
सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

01/05/2026
सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

01/04/2026
दुहबीमा ४ दिने मनोविमर्श तालिम सुरु ।

दुहबीमा ४ दिने मनोविमर्श तालिम सुरु ।

12/30/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist