सुनसरी / मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ३ मा दुई नेताबीच प्रतिष्पर्धामा नेकपा एमालेकी नेतृ भगबती चाैधरीतर्फ मतदाता आकर्षित भएका छन् । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार र चौधरीबीचकाे मुख्य प्रतिष्पर्धामा लघुवित्त अभियानकर्मी समेत रहेकी चाैधरीकाे विकासे एजेण्डामा मतदाता आकर्षित भएका हुन् ।
आसन्न निर्वाचनका लागि दुवै जना तेश्राे प्रतिष्पर्धामा छन् । यसअघिकाे दुइवटा प्रतिष्पर्धामा चाैधरी पराजित भएपनि याेपटक भने मतदाता उनकाे पक्षमा खुलेर लागेका छन् । क्षेत्रका बर्जु गाउँपालिका, गढी गाउँपालिका, इटहरी उपमहानगरपालिकाका क्षेत्र र दुहवीका अधिकांश क्षेत्रमा चाैधरीकाे चर्चा छ । त्यसाे त ६, ६ पटक गच्छदारलाई मत दिएर वाक्क भएका कांग्रेसी हरू नै याे पटक विकासकै लागि भएपनि नेतृत्व परिवर्तनकाे पक्षमा उभिएका छन् । क्षेत्रका पुराना कांग्रेसीहरू गच्छदारलाई पुनः जिताएर गल्ती नगर्ने मनस्थितिमा छन् ।
गढी र बर्जु गाउँपालिका, दुहबी नगरपालिका, इटहरी उपमहानगरपालिकाको ६ देखि १५ सम्म र इनरुवाको ७ नम्बर वडा यो क्षेत्रमा पर्छ। यस क्षेत्रका मतदाता रिझाउन उम्मेदवारहरु ब्यस्त छन् । चाैधरी र गच्छदार घरदैलाे गर्दै गर्दा अधिकांश क्षेत्रमा चाैधरी प्रति मतदाताकाे रूचि देखिएकाे छ । स्वयं गच्छदारकाे गाउँ पचिरामा धेरै मतदाता याेपटक चाैधरीलाई जिताउने पक्षमा देखिएका छन् । कांग्रेसीहरूकाे गढ भनेर परिचित दुहवी वडा नं. ९ छातावेली, गढी १ मधेलीमा एमालेले युवाहरू समेटेकाे छ ।
गच्छदार सातौं पटक चुनावी प्रतिस्पर्धामा छन् । उनी सुनसरीबाट प्रतिनिधिसभा, संविधानसभा गरी ६ पटक विजयी भएका थिए । पाँचाै र छैटाैं प्रतिष्पर्धामा उनले व्यापक धाँधली गरेकाे आराेप छ । त्यसका विरूद्ध त्यतिबेलै भगबती चाैधरीले न्यायालयकाे ढाेका ढक्ढक्याए पनि अहिलेसम्म फैसला हुन सकेकाे छैन । चाैधरीलाई न्यायालयले पनि साथ नदिएकाे ठहर गर्दै याेपटक भारी मतका साथ जिताएर पठाउने मनस्थिति बनाएकाे बर्जु ६ का ३८ वर्षीय विजुल मेहता बताउँछन् ।
विगत १० वर्ष यता गाउँमा कुनै गतिलाे याेजनाहरू नपरेकाे, सरकारी विद्यालय झन खस्किएकाे, एउटा स्वास्थ्य संस्था पनि नबनेकाेले मतदाता गच्छदार प्रति रूष्ट छन् । दुहवी १० सिमरियाका ७० वर्षीय धनीलाल माझीले नेता दिनदिनै धनी भएकाे जनता गरिबका गरिब रहेकाले परिवर्तनका लागि पनि गच्छदारलाई विदा गर्नुपर्ने बताए ।
सातौं पटक चुनावी मैदानमा होमिँदा गच्छदारलाई कांग्रेससँगै सत्तारुढ गठबन्धनमा आवद्ध नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थन भएतापनि ३५ वर्षसम्म गच्छदारकाे साथ लागेर हिँडेका टेकचन्द विस्वास, मिलिराम विस्वास लगायत एमालेमा समाहित भएका छन् ।
तेस्रोपटक चुनावी मैदानमा उत्रिएकी भगबतीलाई भने जनता समाजवादी पार्टी (जसपा) को समर्थन छ । साथमा उनले स्थानीय विकासका एजेण्डाहरू बाेकेकाेले युवा र महिलाहरूकाे ध्यानाकर्षण गराएकी छन् । निर्यातमुखी कृषि, युवा स्वराेजगार र प्राविधिक शिक्षासहित सुनसरी ३ काे विकास गर्ने एजेण्डा चाैधरीले बनाएकी छिन् ।
२०७० र २०७४ मा गच्छदारसँगै पराजित भगबती यसपटक जसरी पनि जित्नैपर्ने दबावमा भएपनि मतदाताहरू नै परिवर्तनकाे पक्षमा उभिएकाले भारी मतान्तरका साथ जित हुनेमा ढुक्क छिन् । ‘विगत २ वटा निर्वाचन जितेकै हाे । न्यायालयले बदर मत मात्र गनिदिएकाे भए मलाई न्याय मिल्दथ्याे । तर, भएन याेपटक जनताले मलाई भारी मतले जिताउनु हुन्छ म ढुक्क छु ।’ चाैधरी भन्छिन् ।
त्यसाे त राजनीतिमा साम मदाम दण्ड भेदकाे राजनीति गर्न माहिर गच्छदारले धाँधली र सेटिङ गरेर पुनः हराउने हाेकि भन्नेमा चाैधरीकाे चिन्ता छ । त्यहि भएर घरदैलाे कार्यक्रममा जाँदै गर्दा उनी मतदाता, कार्यकर्ता र निर्वाचन कार्यालयका अधिकारीहरूलाई पनि निष्पक्ष निर्वाचन गर्न गराउन सचेत गराइरहेकी छिन् । प्रशासनलाई निष्पक्ष भएर काम गर्न अनुराेध गरिरहेकी छिन् ।
गच्छदारले तत्कालिन मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीबाट दोस्रो संविधानसभा निर्वाचन २०७० मा १७ हजार ५ सय २४ मत ल्याएका थिए । चौधरीले १७ हजार १ सय ६२ मत प्राप्त गरेकी थिइन् । गच्छदार र चौधरीबीच मात्र ३ सय ६२ मतान्तर थियो । त्यस्तै, २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा गच्छदारले ३८ हजार ९७२ मत ल्याउँदा चाैधरीले ३८ हजार ६५१ मत ल्याएकी थिइन् ।
गच्छदार २०४८, २०५१ र २०५६ को आमनिर्वाचनमा कांग्रेसबाट निर्वाचित भएका थिए। २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा मधेसी जनअधिकार फोरम र २०७० सालको संविधानसभा निर्वाचनका मधेसी अधिकार फोरम (लोकतान्त्रिक) बाट निर्वाचित भएका थिए । ६ पटक सांसद १३ पटक मन्त्री भएतापनि सुनसरी क्षेत्र नं. ३ काे विकासमा उनले खासै काम नगरेकाे गुनासाे छ ।
त्याेसँगै गच्छदारलाई बालुवाटार स्थित ललिता निवासकाे सरकारी जग्गा व्यक्तिलाई विक्रि गरेकाेमा अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगले भ्रष्टाचारकाे मुद्दा दायर गरेकाेले उनी जितेर गएपनि सांसद हुन पाउँदैनन् । उक्त प्रकरणमा गच्छदारसँगै १७५ जनालाई मुद्दा परेकाेले तत्कालै मुद्दाकाे किनारा लाग्ने परिस्थिति पनि छैन । याे अवस्थामा उनले चुनाबै जितेपनि सपथ नै खान नपाउने, संसद विकास काेषकाे बजेट चलाउन नपाउने अवस्था छ ।
ललिता निवास सरकारी जग्गा प्रकरणमा गच्छदारकाे अख्तियारले सबै बैंक ब्यालेन्स, सम्पत्ति राेक्का गरेपनि उनी चुनाब लडिरहेका छन् । उनकाे चुनाबी खर्चकाे श्राेत समेत शंकामा छ ।
गच्छदारलाई जिताए सुनसरी क्षेत्र नं. ३ झनै पछि पर्ने विषयमा मतदाता सचेत रहेकाले याेपटक सुनसरीमा महिला उम्मेदवार संसद प्रवेश गर्ने निश्चत जस्तै छ । गच्छदारले भने अब चुनाब जिते थारूकाे छाेराेले गिनिजबुकमा नाम लेखाउँछ, गाैरब हुन्छ, भगबती महिला हाे केही गर्न सक्दैन भन्दै मतदातालाई फकाइ रहेका छन् ।





