दुहबी / मोटरसाइकल दुर्घटनामा परी दुहबीका युवा व्यावसायी ढकालको मृत्यु भएको छ ।
मोरङको बुढिगंगा गाउँपालिका–२ ढार्डस्थित सडकमा को.७ प ८२०७ नम्बरको मोटरसाइकललाई प्रदेश १–०२–०४२प १९३७ नम्बरको मोटरसाइकले मंगलबार साँझ ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रदेश १–०२–०४२प १९३७ नम्बरको मोटरसाइकलमा सवार सुनसरी दुहवी नगरपालिका–१० बस्ने ३८ वर्षीय रिकेशराज ढकाल छन् ।
दुर्घटना हुँदा गम्भीर घाइते भएका रिकेशराजको बिराट मेडिकल कलेज टिचिङ अस्पताल गंगाचौकमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार को.७ प ८२०७ नम्बरको मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुई मोटरसाइकल आपसमा ठ्क्कर खादा बिराटनगर देखि दुहबी आउदै गरेको बा ५ च २७५१ नम्बर कारमा मोटरसाइकल ठोकिदा कार चालक दुहबी ५ बस्ने ४० बर्सिय रबि कार्की माथी समेत अनुसंधान गरिरहेको प्रहरीले जनाएको छ ।
उता सो घटना बारे थप अनुसंधान भईरहेको मोरङ प्रहरीले जनाएका छन ।





