दुहबी / प्रदेश सभाको सुनसरी ३ ख को स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियानका उम्मेदबार सुनिता बिश्वासले चुनावी अभियान सुरु गरेकी
छिन ।

भ्रष्टाचार अन्त हुनु पर्ने मुल नाराका साथ चुनावी अभियानना बिश्वास उत्रेको बताइन ।
स्वास्थ्य , शिक्षा , रोजगार गरिबि चुनावका मुल एजेन्डा
रहेको उनले बताईन ।
बिश्वास भन्छिन बिगत लामो समय देखि यहाका ठुला ठुला राजनीतिक दलका नेताहरु पट्क पटक चुनाव जितेर जादा यस क्षेत्रमा समस्या ज्यूँको त्यूँ रहेकोले यहाँका जनता धेरै दुखी छन यहा कुनै प्राबिधिक शिक्षालय , गुणस्तरीय कलेज , ठूलो अस्पताल , युवाहरूलाई
रोजगार लगायत समस्याहरु र रहेकोले यहाँका जनताहरुले आफू लाई सहयोग गरे यस्ता समस्याहरु लाई अन्त गर्ने दावी गरिन ।

उनि भन्छिन आफू समाजिक अभियानमा महिलाहरु लाई सशक्तिकरण र आत्म निर्भर बनाउन २५ बर्स देखि काम गर्दै आएकोमा आफू लाई यहाका जनताले सहयोग गरि चुनाव जिताए बिकास निर्माणका काम देखि बेरोजगार युवा तथा महिलाहरुको हरेक समस्या हल गर्ने बताईन ।
यस संगै बिश्वासले चुनावी प्रचार प्रसार अभियानमा घर दैलो कार्यक्रम लाई तिब्र पारेकि छिन ।





