दुहबी / नेपाल पत्रकार महासंघ, सुनसरी शाखाका सदस्य तथा दुहबी टाईम्स साप्ताहिक पत्रिकाका प्रकाशक पत्रकार आशिष यादवलाई पितृ शोक परेको छ ।
पत्रकार यादवका पिता डा. सोनेलाल यादवको आज दिउसो २ : ५५ बजे ८४ वर्षको उमेरमा निज निवास दुहबी ६ मा निधन भएको हो ।
विसं १९९५ सालमा जन्मनु भएका यादव सुनसरीको दुहबी ६ मा बस्दै आउनुभएको थियो ।
मृतक यादवको अन्त्यष्टि तथा दाहा संस्कार असोज २१ गते बिहान ८ बजे कोशी ब्यारेजमा हुने परिवार स्रोतले जनाएको छ ।





