दुहबी / नेकपा माओवादी केन्द्र सुनसरी जिल्लाको दुहबी नगरका अध्यक्ष रहिम मियाले पार्टी परित्याग गरेको घोषणा गरेका छन । मियाले आज एक प्रेस विज्ञप्ती जारी गर्दै माओवादी केन्द्र पार्टीबाट अलग भएको घोषणा गरेका हुन ।
नेता रहिम मियाले २०६२ साल देखि आफू नेकपा माओवादीको सिद्दान्तबाट प्रभावित भई अहिले सम्म निष्टपूर्वक राजनीतिमा सक्रिय रहदै आएकोमा पाटीले जनताको जनभावना अनुसार काम गर्न नसकेका कारण आफुले परित्याग गरेको बताएका छन ।
सुशासन समवृद्धि सामाजिक न्याय सहितको समाजवादी अभियानका लागि अग्रगामि परिवर्तन र उन्नत राजनीतिको माध्यमबाट जनता र परिवर्तको पक्षमा निरन्तर उभिने प्रतिबद्धता व्यक्त गर्दै आजकै मितिदेखि माओवादी केन्द्र परित्याग गरेको घोषणा गर्दछु’ विज्ञप्तीमा उल्लेख छ ।
पार्टी परित्यागको विषयमा मियाले अहिले आफू विभिन्न पार्टीका नेता संग छलफल गरिरहेको बताए । ‘मेरो जीवनको उर्जाशिल दिनहरु यस पार्टीमा खर्चिएको कसैका लाभका लागि नभै समाज र परिवर्तनका लागि रहेको थियो, यस क्रममा म संग क्रियाशिल सबै सहयोद्दा कमरेडहरु प्रति मेरो कुनै गुनासो छैन’विज्ञप्तीमा भनिएको छ ।