दुहबी / सुनसरीको दुहबी नगरपालिका बजार क्षेत्रको अधिकांस व्यापारीले ग्राहक लाई म्याद गुज्रेको र बिल बिनाको समान बेचेर ठगि गरिरहेको पाईएको
छ ।
दशंै लक्षित बजार अनुगमन गर्ने क्रममा बुधबार र बिहीबार दुई दिन सम्म दुहबी नगरपालिकाकी उपप्रमुख मेनुका खतिवडाको नेतृत्वको बजार अनुगमन टोलीले बजार अनुगमन गरेको हो ।
अनुगमनको क्रममा अधिकांश पसलमा मूल्य तथा भाउमा एकरुपता नभएको, लेबल नभएको,बिल बिनाको समान बेचेको ढुसी परेको र म्याद गुज्रेको समान फेला परेको छ ।
चाडपर्व आएसँगै बजार अनुगमनलाई प्रभावकारी बनाउने क्रममा बुधबार र बिहीबार सबै सरोकारबालाहरुको सहभागितामा सामूहिक बजार अनुगमन गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, उधोग वार्णिज्य संघ, उपभोक्ता संरक्षण मञ्च, खाद्य तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधिहरुले एकसाथ बजार अनुगमन गरेको नगरपालिकाका उपप्रमुख मेनुका खतिवडाले जानकारी दिएकी छिन ।
अनुगमनका क्रममा व्यापारीहरुले मूल्यसुचि नराखेको पसलपिच्छे मूल्य फरक रहेको, म्याद सकिएको समान राखेको, क्रेतालाई विलविजक नदिएको लगायतका समस्या देखिएको अनुगमनमा सहभागीले बताएका छन ।
म्याद सकिएको समान जफत गरी अनुगमन टोलीले नष्ट गरेको छ भने मूल्यमा एकरुपता गर्न र विल विजक जारी गर्न निर्देशन दिएको छ ।
सरोकारवालाहरुले चाडपर्वमा बढी मात्रामा गुणस्तरहिन र म्याद सकिएको समान विक्रिको जोखिमलाई मध्यनजर
गरी बजार अनुगमन गरेको र यसलाई थप व्यवस्थित र प्रभावकारी बजार अनुगमनलाई निरन्तरा दिने जनाएको छ ।
ग्राहकहरु लाई बिलबिजक नदिकन समान बेच्ने गरेकोमा आयुस फेन्सी पसल , मनोकामना स्टोर , प्रदिप फेन्सी स्टोर न्यु स्टार कलेक्सन न्यु रितिका कलेक्सन , रहेका छन
यसै गरी म्याद गुज्रेको समान बेचनेमा अनपुर्न किराना पसल लगायत रहेका छन ।
उप भोक्ता ऐन अनुसार कुनै बस्तु खरिद मुल्यको २०% भन्दा पढि लिन नपाईने ऐनमा उल्लेख रहेता पनि दुहबीका व्यापारीहरुले
खरिदको ५०% भन्दा बढि ग्राहकहरु संग लिने गरेको खुल्नमा आएको छ ।
दुहबीका अधिंकाक्ष व्यापारीले राजश्व छलि समेत गरिरहेको आशंका बढेको छ ।
दुहबीमा मा गरिएको अनुगमन टोलीमा दुहबी उपप्रमुख खतिवडा सहित, जिल्ला प्रशासन कार्यालय सुनसरीका मनिराज पोखरेल , दुहबी प्रहरी कार्यालयका प्रतिनिधि , खाध्य तथा गुणनियन्त्रण कार्यालयका सुजन जोसी, उधोग वाणिज्य संघ दुहबीका प्रतिनिधि ,पत्रकार , दुहबी नगरपालिकाका प्रसाशन प्रमुख डिक बहादुर , योजना प्रमुख डमर बजज्ञाइ , लगायत अनुगन टोलिका सदस्य रहेका थिए ।