दुहबी / सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ६ स्थित रहेको दुर्गा कालि मन्दिरमा दुई दिन सम्म लाग्ने दशै मेलाको सुरक्षा बेवस्था कडाइ गरिने भएको छ ।
शुक्रबार मन्दिर ब्यावस्थापन समिति , जनप्रतिनि ,पत्रकार , र स्थानीय सुरक्षा निकाय प्रमुख हरुको बैठक बाट सो निर्णय भएको मेला समितिका अध्यक्ष सुनिल ठाकुरले जानकारी दिएका छन ।
सो बैठक बाट मेलामा शान्तिसुरक्षाको लागि स्वयंसेवक गठन भएको छ। मेलामा अप्रिय खालका घटना हुन नदिनका लागि मेलाको भिड भाड क्षेत्र लाई सिसि क्यामरा बाट निगरानि गरिने भएको छ ।
हरेक साल नवरात्री देखि बिजया दशमि सम्म कालि माताको पुजा आरधाना गरि हाँस, बोका लगायत हजारौ संख्यामा बलि दिएर पुजा गरिने कालिमन्दिरमा दुहबी लगायतको क्षेत्रबाट भक्तजन हरुको निकै नै बाक्लो घुँइचो लाग्ने गर्दछ।
श्रदालु भक्त्तजनहरुले ल्याएको पुजा सामाग्री हरुको सुरक्षा, सहज पुजा बिधि सम्पन्न साथै भक्तजनहरुको जिउ धनको शान्ति सुरक्षाको लागि दुहबी ६ का वडा अध्यक्ष घन्श्याम हलुवाइको अग्रसरतामा बिभिन्न समिति गठन गरिएको र शान्ति सुरक्षाको लागि इलाका प्रहरि कार्यालय दुहबी , शसस्त्र प्रहरि बल दुहबी लाई अनुरोध गरेको पत्रकार सम्मेलन मार्फत जानकारि गराइएको हो ।
मन्दिर हरुको वडा भनेर चिनिने दुहबी ६ मा दर्जनौ शक्ति पिठहरुको उद्गम स्थल रहेको छ। कालि मन्दिर, दुर्गा मन्दिर, राधाकृस्ण मन्दिर , भ्रम्हकुमारि राज योगशाला लगायत पबित्र मन्दिरको उर्बर भुमि रहेको उक्त वडामा बर्सेनि यस्ता धार्मिक मेलाहरु लाग्ने गरेको छ।
गत साल दुर्गाकालि मन्दिरमा मेलाको समय अपराधिक घट्ना घटेको स्मरन गराउदै अध्यक्ष हलुवाइले यसपटक तेस्तो खालको असुरक्षा भक्तजनले महसुस गर्न नपर्ने गरि सान्तिसुरक्षाको हदैसम्म ब्यवस्था मिलाए को जानकारि गराए। उनले आफ्नै पहलमा धार्मिक ब्यक्तित्वहरु बाट चन्दा संकलन गरेर मन्दिर सरसफाइ कर्मचारि समेत राखेको जनाए।
चन्दा दाताहरु चन्दन मन्डलले रु ६ हजार राजेस्वर चौधरि ६ हजार, घन्श्याम हलुवाइ १२ हजार , संजिव गुप्ता ६ हजार, सोनु अग्रहरि ६ हजार, सिब नारायण मण्डल ६ हजार , राजेश मण्डल ३ हजार , बधु रौनियार ३ हजार, रानु हलुवाइ ३ हजार, बिरेन्द्र हलुवाइ ६ हजार रहेका छन्। उक्त उठेको रकम बाट स्थानिय कारि शर्मा लाइ मासिक ४ हजार ५ सयका दरले वेतन दिने गरि सफाइ कर्मचारि नियुक्त गरेका छन्। बिगत लामो समयदेखि उक्त मन्दिरमा सफाइ कर्मचारि नहुदा मन्दिर परिसरमा सफा राख्न कठिनाइ रहदै आएको थियो।