दुहवी / सुनसरीको दुहवीमा ६ वर्ष पछि आज देखि रमाईलो मेला तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ । आईतबार पत्रकार सम्मेलन मार्फत आयोजकले सो जानकारी दिएका हुन ।
श्रीजनशिल युवा क्लब दुहवीको आयोजनामा १४ दिने दुहवी रमाईलो मेला तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

मेला दुहवी ५ स्थित पशुपति बिस्कुट उद्योगको पुर्व बुढीखोलाको छेउमा आज मेलाको समुद्घाटन हुने भएको छ ।सो मेला असोज १६ गते सम्म दिनको ३ बजे देखी रातीको ९ बजे सम्म मेला लगाउने श्रीजनशिल युवा क्लबका अध्यक्ष अमित कुमार बडहीले बताए ।
मेलामा साँस्कृतिक कार्यक्रम सँगै रोटेपिङ, बाल उद्यान, घिर्नी रेस, ड्रागन रेस, दाना रेस, बल रेस, नाउ रेस, तिर रेस, बेत रिङ्ग र बच्चाहरुको विभिन्न खेल हुने आयोजकले जानकारी दिएका छन ।
मेलामा स्थानिय कालाकारहरुको पहिलो प्राथमिक्ता राखिएकोले मनोरंञ्जन तथा घुम्न आउनेहरुकालागी प्रवेश शुल्क मात्र २० रुपैया राखिएको आयोजकले जनाएको छ । रास्ट्रिय कलाकार आएको दिन प्रवेश शुल्क बढ्ने समेत जनाइएको छ।
मेलाको शान्ती सुरक्षाको लागी मेला कमिटीले स्वमंसेवक, सेक्युरीटि गार्ड सँगै दुहवी इलाका प्रहरी कार्यालय , शसस्त्र प्रहरी बलको निगरानीमा मेला सँचालन गरीने आयोजकले जानकारी गराए । जिल्ला प्रशासन कार्यालय सुनसरीबाट अनुमती लिएर जनधनको क्षती हुन नदिनका लागि मेला अवधि भरी ५० जना सम्मका लागी ५ करोड बराबरको विमा गरीएको समेत आयोजकले जनाए ।
दुहवीमा यसकिसिमको मेला छ वर्ष पश्चाप्त यस वर्ष लाग्ने हुँदा कति पय स्थानियहरुमा एक किसिमको त्रास पनि रहेको स्थानियहरु बताउँछन् ।
आज भन्दा ६ वर्ष अगाडी लागेको महोत्सव मेलामा अप्रिय घट्ना घटि एक ब्यक्तिको अङ्ग भङ्गको समेत क्षती भएको स्थानियहरु बताउँछन् । वर्जु महोत्समा समेत ठुलो क्षती भएको जगजाहेर छ।
पछिलो समय दुहबीमा विभिन्न किसिमका अपराधहरु लगायत चोरी, तस्करी, हत्या हिंसा बलात्कार लगायतका घटना बढेकोले स्थानीयहरु चिन्तित देखिन्छ।





