दुहबी / शिवशक्ति बाल क्लब दुहबी १० को आयोजना तथा दुहबी वडा नम्बर १० कार्यालयको सहयोगमा मंगलबार नगर स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

शिवशक्ति बाल क्लब दुहबीका अध्यक्ष कुन्दन मण्डलको अध्यक्षता तथा दुहबी नगर उप प्रमुख मेनुका खतिवडाको प्रमुख आथित्यतामा दुहबी १० स्थित जनता माविको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।
५ वटा बिद्यालयको सहभागिता रहेको कार्यक्रममा १ सय जना बिद्यार्थीहरुले सहभागिता जनाएका थिए । जसमा श्री सरस्वती माबि प्रथम, जनता मावि द्धितिय , शिवशक्ति बाल क्लब तृतीय स्थान हासिल गरेका थिए । कार्यक्रममा बिजेता भएका बिद्यालयका बिद्यार्थीहरुलाइ शिल्ड र प्रमाण पत्र प्रदान गरीएको थियो ।
प्रतियोगितामा कार्यक्रमको औचित्यबारे जनता माबि सिमरीयाका शिक्षक अवध नारायण चौधरीले प्रकाश पारेका थिए । तेसै गरी जनता मावीका प्रध्यापक शुरेस कुमार चौधरीले निर्णायक भुमिका निर्वाह गरेका थिए ।
यस्तै गरी कार्यक्रम संचालन मुना बिष्टले गरेका थिए ।





