दुहबी / सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणासँगै चुनावी सरगर्मी बढेको छ । सरकारले ४ मंसिरमा एकै चरणमा निर्वाचन गर्ने घोषणा गरेपछि विभिन्न दलका कार्यकर्तादेखि स्वतन्त्र रूपमा उम्मेदवारी दिने तयारी गरिरहेकाहरू उत्साहित बनेका छन् ।
राजनीतिक दलका नेताहरू टिकटका लागि दौडधुप तयारी गरी रहेका बेला दुहबी १० घर भएका युवा उद्घमि मुकेश ढकाल आफु स्वतन्त्र उम्मेदवारी दिने सामाजिक सञ्जालमार्फत घोषणा चलाइरहेका छन् ।
प्रतिनिधि तथा प्रदेश निर्वाचनका लागि केहि राजनीतिक दलका उम्मेदवार टुङ्गो लगाउन नपाउँदै सुनसरी ३ मा स्वतन्त्र उम्मेदवारको चर्चा सुरु भएको हो ।
गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनकामा काठमाडौ , धनगढि , जनकपुर र धरान लगायतको स्थानीय तहमा स्वतन्त्र उम्मेदवार विजयी भएपछि स्वतन्त्र उम्मेदवारको लहर बढ्दै गएको हो ।





