सुनसरी/ सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणासँगै चुनावी सरगर्मी बढेको छ। सरकारले ४ मंसिरमा एकै चरणमा निर्वाचन गर्ने घोषणा गरेपछि विभिन्न दलका कार्यकर्तादेखि स्वतन्त्र रूपमा उम्मेदवारी दिने तयारी गरिरहेकाहरू उत्साहित बनेका छन्।
राजनीतिक दलका नेताहरू टिकटका लागि दौडधुप तयारी गरी रहेका बेला सुनसरी क्षेत्र नम्बर ३ बाट दुहबी वडा नम्बर १० घर भएका युवा उद्घमि ब्यबसायी मुकेश ढकाल आफु स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दलका उम्मेदवार टुङ्गो लगाउन नपाउँदै सुनसरी क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवारको चर्चा सुरु भएको छ ।
गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनकामा काठमाडौ , धनगढि , जनकपुर र धरान लगायतको स्थानीय तहमा स्वतन्त्र उम्मेदवार विजयी भएपछि स्वतन्त्र उम्मेदवारको लहर नेपालभर बढ्दै गएको छ ।





