दुहबी / नेपालि काङ्रेस सुनसरीले आसन्न मशिर ४ मा सम्पन्न हुन गैरहेको प्रतिनिधि सभा र प्रदेश सभा प्रत्यक्ष र समानुपातिक दुबै तर्फको उमेदवारी छनौट प्रकृया सुरु गरेको छ्।
नेपाली काँग्रेस केन्द्र समिति को परिपत्र अनुसार सर्कुलर नै जारिगरेर भाद्र २० सम्म समानुपातिक को नामावलि पठाइसक्नु पर्ने भनि जिल्लामा परिपत्र आएको थियो। सोहि अनुसार आज देखि जिल्लाका ८ वटै प्रदेश सभा हरुले आकान्क्षि हरुको नामावलि सँकलन गरेको छ।
आज सुनसरी क्षेत्र नम्बर ३ प्रदेश सभा (क) र (ख) को पदाधिकारी हरुको बैठक बसेको थियो। प्रदेश क को पार्टिकार्यलयमा बसेको बैठकले प्रतिनिधि सभा क्षेत्र नम्बर ३ प्रत्यक्ष तर्फ सर्वसम्मत ले बिजय गच्छादारको एकल नाम सिफारिस गरेको छ भने समानुपातिक तर्फ हरि सापकोटा, कल्पना चौधरि र सिता भुसालको नाम प्रस्ताबित गरिएको छ।
यसैगरि प्रदेश सभा को प्रत्यक्ष तर्फ एक नम्बर मा दिपक ढकाल को नाम सिफारिस भएको छ। ढकाल बर्तमान प्रदेश सभा क को सभापति हुन भने १७ वटै वडामा कांग्रेसको युवा लोकप्रीय नेता भनेर परिचित छन्। सालिन, लगनशिल, युवा नेता ढकाल सम्भाबित बलियो उमेदवार रहेको आम कांग्रेस कार्यकर्ता हरु को बुझाइ रहेको छ।
यसै गरि दोश्रो नम्बर मा महेश बास्तोला को नाम सिफारिस भएको छ।बास्तोला गत ७४ को चुनाव मा नोमिनेसनको अन्तिम समयमा आएर बाहिरिएका थिए। त्यसैगरि प्रत्यक्ष तर्फ नै रोहित प्रसाइ, ओम थापा, राम रोहन चौधरि, र दिपेन्द्र केसि गरि जम्मा ६ जनाले आकाङ्क्षा देखाएका छन्।
यसैगरि प्रदेश क समानुपातिक तर्फ कल्पना कार्कि, रेखा प्रसाइ, दिलमाय डागि, हाजि अब्दुल मिया, ऐयुब हुसैन, उर्मिला चौधरि, बिमला प्रधान, लक्ष्मि ठाकुर, कौशिला सुनुवार, राम्परि चौधरि, हिरा चौधरि, उर्बसि चौधरि, राम हिर्दय राय, ममता चौधरि, प्रकाश चौधरि, सुबोध प्र घिमिरे, देबेन्द्र चौधरि, सुरज दास र सुनिता गच्छादार रहेका छन्।
यसै गरि सुनसरि क्षेत्र नम्बर ३, ख को पनि आजै बैठक सम्पन्न भएको छ। उक्त बैठकले प्रतिनिधि सभा प्रत्यक्ष तर्फ एकल उमेदवार बिजय गच्छादार लाइ सर्बसम्मत सिफारिस गरेको छ। भने समानुपातिक तर्फ कसैको नाम सिफारिस गरेको छैन्।
प्रदेश सभा ख को प्रत्यक्ष तर्फ गौरिशँकर रौनियार को नाम पहिलो नम्बर मा सिफारिस गरिएको छ।यसैगरि अगमलल चौधरि, प्रेम गौतम, सिब दङ्गाल, बिन्देस्वर थारु, बिर नारायण चौधरि , रामचन्द्र राय, रेशम लाल चौधरि, बिरेन्द्र शाह, मरिचमान चौधरि, समसेर चौधरि, र असोक थारु रहेका छन्।
समानुपातिक तर्फ रघुनन्दन चौधरि, गिरिधारि प्रसाद साह, राम्देउ थारु, तिर्मिन्द्र आचार्य, राम थापा, सुभकलाल राय, बिसुन देउ राउ, कुमार जँग थापा, सुनिता दाहाल साह, कृस्णा बिक, ब्रम्प्रकाश रौनियार, तारा चन्द चौधरि, कपिलेस्वर यादब, अख्तर रैन हुसैन ले आ आफ्नो उमेदवारी पेश गरेका छन्।
पार्टिको केन्दृय सम्सदिय समितिले जारिगरेको सर्कुलर अनुसार क्षेत्रीय सम्सदिय समिति, जिल्ला सम्सदिय समिति र प्रदेश सम्सदिय समिति ले पार्टिको निति र बिधान अनुसार सिफारिस गर्नु भनेर परिपत्र नै जारि गरिसकेको छ। बिधानमा उल्लेख भए अनुसार प्रत्यक्ष तर्फ बढिमा ३ जना सम्म र समनुपतिक तर्फ एक महिल सहित २ जनाको नाम मत्रै सिफारिस गरि केन्द्र पठाउनु पर्ने हुन्छ।
यो सगै आकाङ्क्षी को भार बढेर गएको छ भने नेतृत्व लाइ टिकट बितरण गर्न सकस देखिएको छ्।





