दुहबी / दुहबी जेसिस को आयोजना र दुहबी नगरपालिका को संयोजनमा मंगलबार सम्पन्न भएको मिसेस तीज प्रतियोगिता सिजन २ को उपाधी दुहबी ८ कि मौशमि राइले पाएकि छिन्।
फस्ट रनर अप सरिता चौधरि बनेकि थिइन भने दोश्रो रनर अप रेनु सुबेदि बनेकि थिइन्। आफ्टर डार्क को सभाहलमा आयोजना गरिएको तीज बिसेष उक्त ‘मिसेस तीज’ मा ३५ जना सहभागि रहेका थिए।
पहिलो राउन्ड बाट टप १५ छनौट भएका थिए। दोश्रो प्रश्नोत्तर राउन्ड बाट टप ५ छनौट भएका थिए। मौसमि राइ, रेनु सुबेदि, कबिता रेग्मि , अस्मिता चौधरि र सरिता चौधरि टप ५ मा परेका थिए। फाइनल राउन्ड लिखित उत्तर को रहेको थियो।
५ जना प्रतिस्पर्धि लाइ उछिन्दै मौशमि बिजेता बनेकि हुन् । बिजेता ३ नै जना लाइ प्रमुख अतिथि दुहबि नगर प्रमुख बेद गच्छादार ले ताज, गिफ्ट हेम्पर र नगद पुरस्कार बितरण गरेका थिए। बिजेता लाइ रु १६ हजार, फस्ट रनर अप लाइ रु ११ हजार र सेकेन्ड रनर अप लाइ रु ८ हजार नगद पुरस्कार रहेको थियो।
बिभिन्न ८ बिधामा उत्कृष्ट पुरस्कार दिइएको थियो। उत्तम शारिरिक बनावट मा पुस्पल्ता चौधरि, उत्कट मेकपमा बन्दना चौधरि, उत्कृष्ट अनुसाशनमा पिँकि रौनियर , बेस्ट हेयर निर्मला चौधरि, बेस्ट स्माइल श्रीजना चौधरि लगायत रहेका थिए।
बिभिन्न बिधाका बिजेता हरुलाइ उपप्रमुख मेनुका खतिवडाले पुरस्कार बितरण गरेकि थिइन्।जनहि २१ सय नगद राशि र गिफ्ट ह्याम्पर रहेको थियो।