दुहबी / सुनसरीको दुहबीबाट तस्करी गरी ल्याइएको ठुलो परिमाणको डिएपी मलसहितको ट्रक नियन्त्रणमा लिइएको छ इलाका प्रहरी कार्यालय दुहबी बाट खटिएको सादा पोसाकको प्रहरी टोलीले विशेष सूचनाको आधारमा दुहबी १० स्थित दुहबी-इनरुवा सडक खण्डको चरैयाबाट को १ ख ७६१९ नम्बरको ट्रकमा लोड गरी लैजाँदै गरिएको सय बोरा अवैध मल बरामद गरिएको हो ।
ट्रकमा मल तस्करी गर्ने गरेका थिए । दुहबी १० बुद्ध चौक स्थित रहेको सूर्य एग्रो भेट्सको गोदामबाट उक्त मल लोड गरी चोर बाटो बाट जाँदै थियो । सूर्य एग्रो भेट्समा भारतबाट तस्करी गरी ल्याइएको मल गोदाममा भण्डारण हुने गर्छ । मोटरसाइकल (क्यारिङ) बाट उक्त गोदाममा रातको समयमा मल तस्करी गरी ल्याउँदै भण्डारण गर्ने गरिएको स्रोतको दाबी छ ।
प्रहरीले ट्रक भने जिल्ला प्रहरी कार्यालय सुनसरी ल्याएको थियो । चालकलाई मात्र पक्राउ गरेरका छन । दुहबीको प्रहरी टोलीले उक्त ट्रक नियन्त्रणमा लिएको झन्डै डेढ घण्टापछि मात्र जिल्ला प्रहरी कार्यालय इनरुवा ल्याइएको थियो । मलसहितको ट्रक इलाका प्रहरी कार्यालय दुहबी ल्याउने तयारी गर्दै गर्दा एसपी प्रभु ढकालको आदेशमा ट्रकलाई इनरुवा लगिएको हो । यता जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभु ढकालले तस्करी गरी ल्याइएको मलसहितको ट्रक प्रहरीले नियन्त्रणमा लिएको बताए । बरामद मल र ट्रकलाई सबै प्रक्रिया पुरा गरेर राजस्व अनुसन्धान कार्यालय इटहरीलाई बुझाइएको बताए । ट्रकबाट ८० बोरा युरिया मल र २० बोरा डिएपी मल बरामद भएको जनाइएको छ ।
बरामद मल कसको भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए । साथै चोरी तस्करी नियन्त्रणको लागि नेपाल भारत सीमा नाकाहरु कडा बनाइएको अवस्थामा यति धेरै परिमाणमा मल तस्करी हुनु गम्भीर विषय भएको बताउँदै यसको पनि छानबिन हुने एसपी ढकालको भनाई छ ।