• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

जिल्लामा हुने गुण्डागर्दी र लागू अौषध कारोबार पुर्ण रुपमा रोक्ने सुनसरी:प्रहरी प्रमुख ढकाल

काेचिला खबर by काेचिला खबर
08/10/2022
in स्थानीय
61
SHARES
277
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / सुनसरी जिल्लामा भर्खरै मात्र सरुवा भएर आएका जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख उपरीक्षक (एसपी) प्रभु प्रसाद ढकालले मंगलवार जिल्ला प्रहरी कार्यालय सुनसरीको सभाहलमा जिल्लाका पत्रकारहरुसँग भेटघाट, परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम गरेका छन् ।

अन्तरक्रिया कार्यक्रममा प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालले समग्र जिल्लाको शान्ति सुरक्षामा पत्रकार र प्रहरीबीचको समन्वयकारी भुमिकाको आवश्यक रहने बताउदै ऐन कानूनको परिधिभित्र रहेर काम गर्ने बताउनुभयो । जिल्लामा शान्ति सुब्यवस्था र मानवअधिकारको रक्षार्थ आफु सदैव क्रियाशिल रहेको र आगामी दिनमा समेत निरन्तरता दिईने उनको भनाई छ ।


प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालले सेवाग्राहीहरुलाई मुस्कान सहितको खुशी भएर सेवा दिने बताउनुभयो । उनले आफ्नो कार्यकालमा प्रहरीबाट कसैलाई दुर्ववहार हुने वातावरण बन्न नदिने दाबी गर्नुभयो । उनले कुनैपनि प्रहरीले कसैलाई दुर्ववहार गरेको खबर पाएपछि कानुन बमोजिम कार्वाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

एसपीले ढकालले सामाजिक संजाल प्रयोग कर्ताहरुलाई सदुपयोग गरेर चलाउन आग्रह गर्नुभएको छ । सामाजिक संजालको दुरुपयोग भएमा साइबर अपराधको मुद्दा चलाएर कार्वाही गर्नेपनि बताउनुभयो । आफुले छोटाे समयमा ठुलो परिमाणमा गर गहना चोरी गर्ने व्यक्तिलाई पक्राउ गरेर कार्वाही गरेको, इटहरीबाट ४० ग्राम ब्राउन सुगर सहित चारजनालाई पक्राउ गरेको बताउदै २ वर्ष ९ महिनाको कैद सजाय र २ लाख ५० हजार भन्दा बढीको राजस्व बुझाएको बताउनुभयो ।

कार्यक्रममा प्रहरी उपरिक्षक ढकालले जिल्लामा हुने सम्भावित अबैध कार्यलाई पूर्ण रुपमा रोक्ने प्रतिवद्धता जनाउनुभएको छ । वहाँले छिटो–छरितो र निष्पक्ष प्रहरी सेवा प्रवाह गर्ने, जिल्लामा भरपर्दो शान्ति सुरक्षाको व्यवस्थापनको लागि उपलब्ध श्रोत साधनहरुको परिचालन गर्ने, पेन्डिङ्ग मुद्दाहरुको अनुसन्धानलाई निरन्तरता दिने बताउनुभएको छ ।

जिल्लाभित्र हुने गरेको गुण्डागर्दी लगायतका समस्याहरुलाई पूर्ण रुपमा रोक्ने, प्रहरी संगठनभित्रको एकरुपतालाई बलियो पार्दै लैजाने, जिल्लाको उत्तरी र दक्षिणी क्षेत्रमा हुने अवैध गतिविधीलाई निरुत्साहित पार्ने लगायतको कामलाई आफ्नो कार्यकालमा प्राथमिकतामा राख्ने बताउनुभएको छ। जिल्लामा हुने तस्करी, जुवातास र लागूऔषध सेवन तथा होटलहरुमा हुने यौन धन्दा लगायतको कारोबारलाई रोक्न कुनै कसुर बाँकी नराख्ने बताउदै जिल्लामा हुने शान्ती सुरक्षा, अपराध नियन्त्रण, लागुऔषध ओसारपसार, महिला हिंसा, झैझगडा अन्त्य गर्न पत्रकारहरुसँग सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो ।

परिचयात्मक कार्यक्रममा पत्रकाहरूले कसैले दबाब र प्रभावमा नपरी काम गर्न जिल्ला प्रहरी प्रमुख ढकाललाई सुझाव दिएका थिए । शान्ति सुरक्षाका हिसाबले सुनसरी जिल्ला संवेदनशील भएको भन्दै पत्रकारहरूले कसैको प्रभाव र दबाबमा नपरेर शान्ति शुरक्षामा अहोरात्र खटिन ढकाललाई अनुरोध समेत गरेका थिए । परिचयात्मक कार्यक्रममा सहभागि पत्रकारहरुले सुनसरीमा लागु औषध नियन्त्रण, ट्राफिक व्यवस्थापन, चोरी नियन्त्रणसँगै जिल्लामा शान्ति सुरक्षा प्रदान गर्नु प्रहरीले सबै सँग सहकार्य गर्दै जान सुझाव दिएका छन् ।

पत्रकारहरुले जिल्लामा खुल्ला सिमानाकाले कर छली भइरहेको र सुपारी र गाजाको कारोबारले सुनसरी जिल्लाको बद्नामी हुँदै आएको र आर्थिक मन्दी समेत भएकाले प्रहरीलाई निगरानी बढाउन सुझाव दिएका छन् । जिल्लामा लागु औषधसँगै काठ तस्कर, सुपारी, गाइ, राङा, पाडा, पाडी लगायत मदिराको तस्कर बढ्दै गएको र समाजमा सद्भाव विग्रदै गएकोले कमजोरी रहेको क्षेत्रमा प्रहरी प्रशासनले सबैसँग समन्वयन गर्नुपर्ने र योजनाबद्ध तरिकाले शान्ति सुरक्षा कायम गर्न नागरिक स्वंम जिम्मेवार भएर कार्य गर्न वातावरण बनाइदिन आग्रह गरेका छन् ।

यसअघिका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा सरुवा भएपछि ढकाल यहाँ सरुवा भएर आएका हुन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा प्रतिक्षण दैनिकका प्रकाशक इकबाल अहमद, वर्णमाला दैनिकका प्रकाशक शशी कोइराला, जनशताब्दी दैनिकका प्रकाशक प्रमोद यादव, कोचिला खबरका प्रकाशक अकबर अलि, कोचिला खबरका सम्पादक प्रेम प्रसाद गिरी, , न्युज २४ नेपालका सुनसरी सम्वाददाता पत्रकार मनोज भुजेल, पत्रकार अमर काफ्ले, मिकाइल आलम, विरेन्द्र शाह, लुकमान अन्सारी, मुस्ताक आलम, नसिम अन्सारी, गणेश यादव, रवीन्द्र कुमार यादव लगायतका पत्रकारहरुको उपस्थिति थियोे ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

02/04/2026
४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026
सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

01/05/2026
सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

01/04/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist