सुनसरी / सुनसरीको गढी गाउँपालिकामा ७२ जना करारका कर्मचारीहरुलाई हटाएपछि उनीहरुले आन्दोलनमा उत्रेका छन्
गाउँपालिकामा नियमित रुपमा काम गर्दै आएका कर्मचारीहरुलाई हटाएपछि उनीहरुले गाउँपालिका कार्यालयको मुल गेटमा तालाबन्दी गरेका छन् ।
औराबनी स्थित गढी गाउँपालिकाले गाउँपालिकामा कार्यरत ७२ जना करारका कर्मचारी हटाएपछि करारका कर्मचारीहरुले आन्दोलन गर्दै गढी गाउँपालिका तथा वडाहरुमा तालाबन्दी गरेका छन् ।
करारका कर्मचारीहरुलाई नियम कानुन बिपरित करार सेवा भंङ्ग गरेको हुँदा नियम सङ्गत कानुन बमोजिम करार सम्झौता निरन्तरता दिई पुनः कामकाजमा फर्काउन सम्पुर्ण करारका कर्मचारीहरुले एक्यवद्धता अनुरोध पत्र गाउँपालिकामा बुझाउँदै गाउँपालिका समेत सम्पुर्ण वडाहरुमा एकसाथ तालाबन्दी गरेका हुन् ।
गत २०७४ मा भएको स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकालमा नियुक्त भएका करारका कर्मचारीहरूलाई आइतवार हटाइएको हो । गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनीधिहरुले कार्यपालिकाको निर्णय अनुसार करारमा कार्यरत कर्मचारीहरूको म्याद थप नगरी हटाएको हो । गढी गाउँपालिकाले असारको अन्तिममा एक सुचना प्रकाशित गरि करारका कर्मचारीहरुलाई हाजिरी नगर्न÷नगराउन समेत आदेश दिएको थियो ।
सोही सूचना अनुसार गढी गाउँपालिकामा कार्यरत करारका कर्मचारीहरूलाइ म्याद थप नगरी हटाइएको हो । साउन २० गतेको कार्यपालिकाको बैठकले तलब भत्ता भुक्तानी भई करारमा कार्यरत कर्मचारीहरुलाई साउनबाट करार सम्झौता नवीकरण नगर्ने निर्णय भएको गढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत त्रिलोचन न्यौपानेले जानकारी दिए ।
गाउँ कार्यपालिकाको निर्णयले अब करारका कर्मचारीहरुलाइ थप नहुने आवश्यक भन्दा बढी करारका कर्मचारी भएकोले तलब भत्ता भुक्तानी गर्न समस्या हुने भएकोले गाउँपालिकाले धान्न नसकिने प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए । उनका अनुसार प्राविधिक शाखाको सब–इन्जिनियर र प्राविधिक कर्मचारी सबै, प्रसासन शाखाका सबै, आर्थिक प्रसासन शाखा ,स्वास्थ शाखा, र कृषि सेवा शाखा, पशु सेवा शाखा सहितका कर्मचारीहरुलाई आइतबार हटाएको छ भने यसअघि नै शिक्षा तथा युवा खेलकुद शाखा भन्ने यथावत रहेको जानकारी दिए ।
त्यसैगरी एम्बुलेन्स चालक यसअघि नै हटाइ सकेको थियो । लगतै पुनः नियुक्ति गरि एम्बुलेन्स सेवा भने सुचारु गरिसकेको छ। ज्यालादारीमा कार्यरत सबै करारका कर्मचारीहरुलाइ हटाइ सकेको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए । त्यसैगरी गाउँपालिकाले करारमा कार्यरत अहेब, अनमी, ल्याब कर्मचारी, कार्यालय सहयोगी, स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट, अहेब, अनमी, नर्स, कार्यालय सहयोगि वडा कार्यालयका कार्यालय सहयोगी गाउँपालिकाको कार्यालयमा करारमा कार्यरत सबै करारका कर्मचारीहरुलाइ आइतबार देखि हटाइएको जनाइएको छ ।
यता गढी गाउँपालिकाको कार्यपालिकाको बैठकबाट सबै रिक्त दरबन्दीमा करार सेवामा भन्ने खुला प्रतिस्पर्धा मार्फत पदपूर्ति गर्ने समेत सूचनामा उल्लेख गरिएको जनाइएको छ ।