• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

भुमाफियाकै सेटिङमा बिकेकोको थियो दुहबीको करौडोको सार्वजनिक जग्गा ५० हजारमा ।

यसरी पास भयो दुहबीको सरकारी जग्गा चौधरी ग्रुपको नाममा

काेचिला खबर by काेचिला खबर
08/02/2022
in स्थानीय
111
SHARES
506
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / सुनसरीको दुहबी नगरपालिकाको स्वामित्वमा रहेको ११ कठ्ठा १३ धुर जग्गा चौधरी ग्रुप (सिजी)को नाममा पास भएको पाइएको छ।

दुहबी-५ मा रहेको सरकारी जग्गा चौधरी ग्रुपले कौडीकै भाउमा आजभन्दा तीस वर्षअगाडि आफ्नो नाममा ल्याएको खुलेको हो।

वि.सं. २०५० चैत २३ गते तत्कालीन दुहबी आदर्श गाविसको नाममा रहेको जग्गा अर्बपति विनोद चौधरी नेतृत्वको सिजी ग्रुपको नाममा कौडीको भाउमा राजीनामा पास भएको पाइएको हो।

तत्कालीन दुहबी आदर्श गाविसले निर्माणाधीन अस्पतालको भवनसहित दुहबी बजारनजिकै रहेको ११ कठ्ठा १३ धुर जग्गा विनोदका भाइ वसन्त चौधरीको नाममा ५० हजार रुपैयाँमा पास गरिदिएको थियो।

तत्कालीन जनप्रतिनिधिसहित ७० जनाको रोहबरमा त्यसबेलाको दुहबी गाविस वडा नम्बर ७ मा रहेको कित्ता नम्बर १९ को नौ कठ्ठा आठ धुर जग्गा ५० हजार रुपैयाँमा र निर्माणका क्रममा रहेको एकतले भवन ५० हजार रुपैयाँ गरी एक लाख रुपैयाँमा चौधरी ग्रुपको नाममा पास भएको हो।

त्यसबाहेक सोही वडाको कित्ता नम्बर १७ को एक कठ्ठा र १८ नम्बर कित्ताको एक कठ्ठा पाँच धुर जग्गा पनि गाविसले अस्पताल सञ्चालनका लागि चौधरीलाई हस्तान्तरण गरेको थियो। १७ र १८ नम्बर कित्ताको जग्गाको मोल भने उल्लेख छैन।

वसन्त चौधरीले लुनकरणदास-गंगादेवी चौधरी च्यारिटी हस्पिटल खोल्न भन्दै दुहबी गाविसका तत्कालीन गाविस अध्यक्ष धर्मनारायण विश्वास र उपाध्यक्ष गौरीशंकर रौनियार र नौवटा वडाका वडा सदस्यले स्थानीय ७० जनाको रोहबरमा उद्योगपति वसन्त चौधरीको नाममा पास गरिदिएका थिए।

चौधरी दाजुभाइले आफ्ना बुवा लुनकरण दास र आमा गंगादेवी चौधरीको स्मृतिमा स्थानीयलाई स्वास्थ्योपचारमा सहयोग गर्ने भन्दै अस्पताल बनाउने प्रयोजनका लागि गाविसबाट जग्गा आफ्नो नाममा सारेका थिए। त्यसका लागि २०४९ साल वैशाखमा चौधरी ग्रुपले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासमक्ष अस्पतालको परियोजना पेस गरेका थिए।

सोही वर्ष चैत ४ गते कोइरालाले अस्पताल सञ्चालन गर्न अनुमति दिएका थिए। सोहीअनुरूप २०५० साल माघ ७ गते चौधरीले गाविस अध्यक्षसहित ७० जनालाई आफ्नो प्रभावमा पारी गाविसको जग्गा आफ्नो स्वामित्वमा लिएको स्थायीय ८१ वर्षीय अवधनारायण झा बताउँछन्।

वसन्तबाट अस्पताल निर्माणको रेखदेख गर्ने जिम्मा पाएका उनले भने, ‘पहिले गाविसले अस्पताल बनाउँदै थियो, पछि उहाँहरू आएर आफ्नो बुवा-आमाको नाम राख्ने अडान लिनुभयो। बुवा-आमाको नाम ट्रस्ट चलाउँछु भनेर उहाँले तत्कालीन जनप्रतिनिधिहरूलाई प्रभावमा पारी जग्गा आफ्नो नाममा सार्नुभयो र निजी बनाउनु भयो। पछि किनेको भनेर कागज बनाएको सुनेको थिएँ। त्यही पनि ५० हजारमा मात्र। अरू दुइटा कित्ताको जग्गा पनि उहाँले पाउनु भएको थियो। त्यसको हिसाबकिताब छैन।’

उनका अनुसार त्यसअघि नै गाविसले सो जग्गामा अस्पतालका लागि भवन बनाउँदै थियो। निर्माणाधीन अवस्थामै उक्त भवन र भवन भएको नौ कठ्ठा आठ धुर जग्गाको स्मावित्व चौधरीले लिएका थिए। दुहबीमा आफ्नो आमा-बुवाको नाममा अस्पताल खोल्ने इच्छा गरेको चौधरी ग्रुपले त्यो भवनको निर्माण नसक्दै शक्तिको आडमा जग्गा नै आफ्नो नाममा सारेको झा बताउँछन्।

२०४९ साल चैत ४ गते गाविसका ११ जनप्रतिनिधिसहितको बैठकले चौधरी ग्रुपलाई जग्गा र निर्माणाधीन अवस्थामा अलपत्र परेको भवन हस्तान्तरण गरी अस्पताल सञ्चालनका लागि अनुमति दिएको थियो।

‘दुहबी आदर्श वडा नम्बर ७ को (ख) कित्ता नम्बर १७, १८, १९ मा निर्माणाधीन अवस्थामा रहेको अधुरो अस्पताल भवन गाविसको आर्थिक अवस्थाको कारण पूरा हुन नसकेकोले उक्त अधुरो भवनमा चौधरी ग्रुपका उद्योगपति एवम् समाजसेवी वसन्त चौधरीले आफ्नो निजी स्रोतमा अधुरो अस्पताल पूरा गरी लुनकरणदास-गंगादेवीचौधरी च्यारिटी अस्पताल खोल्ने इच्छा गर्नुभएको हुँदा निर्माण कार्य पूरा गरी अस्पताल सञ्चालनसमेतको सम्पूर्ण दायित्व चौधरी ग्रुपमा रहनेगरी हस्तान्तरण गर्ने निर्णय गरियो,’ सम्झौता कागजातमा भनिएको छ।

२०४९ चैत ७ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अस्पतालका लागि चाहिने जग्गा र निर्माणाधीन भवन हस्तान्तरण गरेका थिए। थारू कल्याणकारी सभाको १४औं राष्ट्रिय अधिवेशनको उद्घाटन गर्न दुहबी आएका कोइरालाले वसन्त चौधरीलाई हस्तान्तरण गरी अस्पताल सञ्चालनको अनुमति दिएका थिए।

सो बेलासमेत दुहबी-विराटनगर औद्योगिक करिडरमा २०० बढी उद्योगहरू सञ्चालनमा रहेका थिए। कुनै औद्योगिक दुर्घटना हुँदा वा उद्योगमा काम गर्ने कुनै मजदुर वा श्रमिक अचानक बिरामी पर्दा उपचार गर्न विराटनगर नै पुग्नुपर्ने बाध्यता थियो। त्यस्तो बाध्यता अन्त्यको उद्देश्यले त्यसबेला च्यारिटी अस्पताल बनाइएको थियो।

२०५२ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले शिलान्यास गरेको सो अस्पताल तत्कालीन युवराज दीपेन्द्र शाहले उद्घाटन गरेका थिए। १५ शय्या क्षमताको उक्त अस्पताल केही वर्ष सञ्चालनमा आएपछि बन्द भयो। पुनः धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सो अस्पताल चलायो। बिपीसँग दुईपटक मिलेर सञ्चालन गर्दा पनि आन्तरिक किचलोका कारण अस्पताल दीगो रूपमा सञ्चालनमा आउन सकेन।

फेरि पनि बन्द भएपछि दुहबी नगरपालिकाले अस्पताल सञ्चालनका लागि पहल गरिरहेको छ। तर, बन्द अवस्थामा रहेको सो अस्पताल चौधरी ग्रुपले न त चलाउँछ न त अरूलाई चलाउन नै दिएको छ।

गाविसले बनाउँदै गरेको अस्पताल भवन तथा जग्गा चौधरी ग्रुपले आफ्नो स्वामित्व लियो, तर उसले निर्माण गरेको अस्पताल विगत पाँच वर्षयता बन्द छ। नगरपालिकाले लामो समययता बन्द रहेको अस्पताल सुचारू गर्नका लागि धेरै पटक पहल थालेको थियो।

तर वसन्त चौधरीले आफैं चलाउने भनी अडान कसिरहँदा दुहबी नगरपालिका निजी जग्गा भाडामा लिएर अस्पताल सञ्चालन गर्न बाध्य बनेको हो। कोभिड-१९ महामारीका बेला अरू अस्पतालमा बिरामी राख्ने ठाउँ नभएको अवस्थामा नगरपालिकाले सो च्यारिटी अस्पताललाई प्रयोग गर्

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

11/11/2025
दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

11/11/2025
मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

11/10/2025
बर्जुबाट २५७ किलो गाँजा सहित स्कार्पियो प्रहरीको नियन्त्रणमा

बर्जुबाट २५७ किलो गाँजा सहित स्कार्पियो प्रहरीको नियन्त्रणमा

11/08/2025
दुहबी नगरपालीकाका प्रवक्ता चौधरीलाइ पत्नी  शोक

दुहबी नगरपालीकाका प्रवक्ता चौधरीलाइ पत्नी शोक

11/06/2025
पत्रकार यादव माथि आक्रमण प्रयास दोषी माथि कार्वाही सहित शान्ति सुरक्षाको माग गर्दै सुनसरी प्रहरीमा उजुरी ।

पत्रकार यादव माथि आक्रमण प्रयास दोषी माथि कार्वाही सहित शान्ति सुरक्षाको माग गर्दै सुनसरी प्रहरीमा उजुरी ।

10/31/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist