दुहबी / जिल्ला प्रहरी कार्यालय मोरङले ३ वटा चोरीको मोटरसाईकल सहित चोरीमा संलग्न रहेका ४ जनालाई पक्राउ गरेको छ ।
बिभिन्न मितिमा बिराटनगरको नोवेल अस्पतालको कम्पाउण्ड भित्र र सोही स्थानको सामुदायिक मेडिकल हल अगाडि पार्किङ गरी राखेको को.६ प ६८०२ नम्वरको डिस्कभर मोटरसाईकल, प्रदेश १-०१-०१३ प ४५०७ नम्बरको पल्सर मोटरसाईकल र नम्बर नखुलेको १५० सिसिको पल्सर मोटरसाईकल चोरी गर्ने विराटनगर ४ का २२ बर्षीय नविन माझी, विराटनगर ८ का २५ बर्षीय मोहमद हजरत, दुहवी नगरपालिका ९ सुनसरीका १८ बर्षीय मोहमद सलाउदिन र ३४ बर्षीय मोहमद नसुरदिनलाई चोरीका मोटरसाईकल सहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनिहरुको सम्मानित मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।