दुहबी / सुनसरीको दुहबीमा पालिका स्तरिय नागरिक आरोग्य सम्बधि एक दिने कार्यक्रम सम्पन्न भएको छ। ” मेरो स्वास्थ्य मेरो जिम्बेवारि” नाराका साथमा सुरु को उक्त कार्यक्रम बिहिबार दुहबि नगरपालिका को सभाहलम सम्प्न्न भएको हो।
दुहबी नगर प्रमुख बेद नारायण गच्छादारको अध्यक्षता मा सम्पन्न उक्त कार्यक्रममा जिल्ला आयुर्बेदिक प्रमुख डा सन्जिव कुमार यादब , दुहबि स्वस्थ्य शाखा प्रमुख बिन्देस्वर प्र मह्तो , शाखा फोकल पर्शन उचित ना साह, बिभिन्न वडाका स्वास्थ्य स्वयम सेबिका हरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै नगर प्रमुख गच्छादारले रोग लग्नु भन्दा रोगको बाटो नै छेक्नु जाति भएको हुदा स्वस्थ खानपान, शारिरिक ब्ययम, योग साथै गाउ घरमै पाइने आयुर्बेदिक औसधि सेवन गर्न सबैलाइ आग्रह गरेका छन्। हरेकको भान्सा घर लाइ आयुर्बेदिक क्लिनिक कै रुपमा स्थापित गर्न प्रत्यक वडामा ४/५ दिने प्रशिक्षण तालिम नै सन्चालन गरिने योजना रहेको प्रति जोड दिदै उनले नागरिकको स्वस्थ्य बाच्न पाउने अधिकर प्रति आफु हरपल सम्बेदन्शिल रहेको बतएका छन्।
बिरामि लागेर अस्पताल गए पछि डाक्टर ले चेक जच गर्छ अनि दबाइ दिएर भन्छ तपाइ ले फलानो फलानो चिज बार्नु तर आयुर्बेद ले तपाइ स्वस्थ हुदै भन्छ यो यो चिज हितकारि हुन्छ खानुस अस्पताल जानु पर्दैन भन्ने तर्क राख्दै गच्छादार ले योगा र जडिबुटि प्रति सबैलाइ ग्यान बाड्ने बतएका छन्।
कार्यक्रम बारे प्रकाश पार्दै डा सन्जिव कुमार यदबले मानिसको ब्यस्त समय र अस्वस्थ खानपिन का कारण दैनिक लाखौको बिरामि बढ्ने गरेको हुदा आयुर्बेधिक सम्बन्धि सबैले ध्यान दिन जरुरि रहेको बताए। उनले कार्यक्रम बारे प्रकाश पार्दै आयुर्बेदिक औसधि, जडिबुटि , खानपान, योगा, स्वस्थक्र जिबनशैलि बरेमा प्रस्तुत गरेका थिए।





