दुहबी / सुनसरीको दुहबी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७९/०८० का लागि ८४ करोड ६३ लाख ४८ हजारको बजेट सार्वजनिक गरेको छ । शुक्रबार दुहबी नगरपालिकाको सभाहलमा सम्पन्न ११ औ नगरसभामा नगर प्रमुख बेदनारायण गच्छदारले उक्त बजेट प्रस्तुत गरेका थिए।

नगरपालिकाका प्रमुख गच्छदारले शुक्रवार बजेट पेश गर्दै संघीय सरकारको बित्तिय समानीकरण अनुदान १७ करोड ८४ लाख, सशर्त अनुदान २५ करोड ९३ लाख, विशेष अनुदान ३ करोड ७० लाख , राजस्व बाँडफाँड ११ करोड ३० लाख २ हजार, समपुरक अनुदान १ करोड ६० लाख गरी जम्मा ६० करोड ३७ लाख २ हजार, साथै प्रदेश सरकारको समानीकरण अनुदान ९९ लाख ११ हजार, शशर्त अनुदान १५ लाख ८१ हजार, राजस्व बाँडफाँड १ करोड ३५ लाख २ हजार, समपुरक अनुदान १ करोड गरी जम्मा ३ करोड १८ लाख ४४ हजार खर्च हुने प्रक्षेपण गरेका
छन् ।

यसै गरि नगरप्रमुख गच्छदारले आन्तरिक रकम तर्फ अ. ल्या ८ करोड ८ लाख २ हजार ,आन्तरिक श्रोत बाट ६० लाख घर जग्गा रजिस्ट्रेशन बाट ७० लाख गरि २१ करोड ८ लाख २ हजार सहित जम्मा कुल ८४ करोड ६३ लाख ४८ हजार को बार्सिक बजेट प्रस्तुत गरेका थिए।
आ ब २०७९/८० को लागि चालुखर्च तर्फ ५२ करोड ३८ लाख २६ हजार र पुजिगत तर्फ ३२ करोड २५ लाख २२ हजार खर्च हुने बताउदै गच्छदारले दुहबी नगरपालिकाको १२ वटै वडालाइ बस्तुस्थिती,भुगोल र बिकासका आधारमा कम्तिमा ८० लाख देखि अधिकतम ८७ लाख सम्म वडामा बजेट बिनियोजन गरेका छन।
दुहबी वडा नम्बर ४ को साप्ताहिक हटिया का लागि २ करोड ७० लाख,रङ्गशाला को लागि १ करोड ८ लाख बिनियोजन गरेका छन। यसैगरी नगर अस्पतालका लागि बहुबर्से योजना अनुसार ३ करोड ,फुड प्रोसेसिङ्ग सेन्टर का लागि २ करोड ,छाताबेली देखि पुर्वकुशाहा कृषि सडक जोड्ने नहरको बाटो कालोपत्रे का लागि संघीय सरकार बाट १ करोड ६० लाख र नगरपालिका बाट ४० लाख गरि जम्मा २ करोड ,दुहबी ३ को जेसिस मार्ग स्तरौन्नतिको लागि २ करोड ७५ लाख,नगर आवास योजनाको लागि ४० लाख ,३ वटा झोलुङ्गे पुलका लागि ५२ लाख रकम नगरप्रमुख गच्छदारले बिनियोजन गरेका छन।
११ औ नगरसभामा बोल्दै गच्छदार ले शिक्षा ,स्वास्थ्य ,खानेपानी,कृषि ,पशुपालन, भौतिक पुर्वाधार , सडक, बिपद ब्यावस्थापन,सुशासन ,शहरिबन, फोहर ब्यावस्थापन, आन्तरिक पर्यटन , रोजगार प्रवर्द्धन , आत्मनिर्भर तथा स्वाभलम्बन कार्यक्रम , दिगो आय आर्जन, दिगो बस्ती बिकास, भासा तथा सास्कृतिक पहिचान र ब्यावस्थापन ,खेलकुद , ब्यवस्थित हाटबजार, कृषि प्रसोधन लगायत सुन्दर र हराभरा दुहबी को परिकल्पना सहितको बहुआयामिक योजनाहरु बारे बजेट प्रस्तुत गरेका थिए।
उपप्रमुख मेनुका खतिवडाले नगरको बार्सिक नीति तथा कार्यक्रम बारे प्रस्तुत गरेकी थिइन। नीति तथा कार्यक्रम मा नगरबासिलाइ १० हजार लिटर सम्म खाने पानी निशुल्क,बिपन्न परिवार लाई दाह सस्कारका लागि रु ५ हजार प्रदान गरिने,निशुल्क हटलाइनको ब्यावस्था,नगर प्रमुख उत्पादनको रुपमा तरकारी तथा पुस्प खेती लाई प्रोत्साहन ,छाडा कुकुर बन्ध्याकरण,सार्वजानिक स्थलको पहिचान गरि आवस्यक सार्वजनिक पार्क निर्माण गरिने लगायतका विषय बस्तु समेटिएको थियो।
कार्यक्रम संचालन दुहबी नगरपालिकाका प्रमुख प्रशाकिय अधिकृत राजकुमार केसिले गरेका थिए।





