दुहबी / सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ८ को शिसवा टोलमा बिहिवारदेखी निशुल्क १ महिने ब्युटी पालर्र तथा कुशल गुडिया बनाउने तालिम सुरु भएको छ ।

ग्रामीण महिला उत्थान मंच केन्द्रिय कार्यालय दुहबीको आयोजनामा सो सिपमुलक ब्युटिसियन तालिसुरु सुरु भएको हो ।
तालिमको उद्घाटन दुहबी नगर पागाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष तारिक चन्द सरदारले नगर पालिकामा महिला र पुरुष बिचको भिन्नता अन्त्य गर्न यो तालिमले साथर्कता पाउने बताए । महिला र पुरुष बीचको भिन्नता अन्त्य गर्न महिलाहरुले आत्मनिर्भर हुन जरुरी रहेकोले महिलाहरुको लागि सिप मुलक ब्युटी पालर्र तालिम संचालन गरिएको अध्यक्ष सरदारले बताए ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेको अध्यक्ष सरदारले तालिमबाट सिप सिखेर महिलाहरु आयआर्जन गर्दै आत्मनिर्भर बन्ने बताए । विशिष्ट अतिथि ईलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक जय देब माझिले सिपले महिलाको पहिचान स्थापित गर्ने बताए ।
महिलाहरु घरमा मात्र सिमित नभई तालिमबाट सिप सिखी आर्थिक विकास गर्नु पर्नेमा उनले जोड दिनुभयो । वडा भित्र रहेका बेरोजगार नागरिकहरुलाई व्यवस्थापन गर्न पनि सिपमुलक तालिम संचालन गरिएको माझीले बताए ।

ग्रामीण महिला उत्थान मंन्चकि केन्द्रिय अध्यक्ष सुनिता बिश्वासको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा महिला अगुवा पिंकी रौनियार संस्थाका सल्लाहकार मस्त राम बिश्वासतले आ- अाफ्नो मन्तव्य व्यक्त गरेका थिए । सो तालीममा वडा भित्रका ५० जना महिलाहरुको सहभागिता रहने तालिमको प्रशिक्षकमा निता चौधरी रहेको संस्थाकि अध्यक्ष सुनिता बिश्वासले जनाएको छ ।





