दुहबी । सुनसरीको दुहवीमा विश्व रक्तदाता दिवसको उपलक्ष्यमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रक्तदान जिवनदान भन्ने मुलमन्त्रलाई आत्मसाथ गर्दै दुहवी जेसीज तथा रौनियार सेवा समितिको संयुक्त आयोजनामा तथा नेपाल रेडक्रस विराटनगर संगको सहकार्यमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
आज मंगलबार दुहवी नगरपालिकाको प्रङगनमा विश्व रक्तदाता दिवसको उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेको दुहवी जेसीजका अध्यक्ष दिपेश राउतले बताए ।
दुहवी जेसीज तथा रौनियार सेवा समितिको संयुक्त आयोजनामा भएको कार्यक्रमका रक्तदातालाई खाजा तथा प्रशंसा पत्र प्रदान गरिएको कार्यक्रम संयोजक कुनाल रौनियारले बताए ।
रक्तदान कार्यक्रममा दुहवी नगरपालिका वडा नं. ५ वडा अध्यक्ष रमेश कुमार रौनियार, वडा नं. ६ का वडा अध्यक्ष घनश्याम हलुवाई, दुहबी जेसिजका पूर्व अध्यक्ष हरु, दुहवी जेसीजका अध्यक्ष दिपेश राउत, रौनियार सेवा समिति दुहवीका अध्यक्ष जय प्रकाश रौनियार, रौनियार युवा मन्ञ्का अध्यक्ष प्रमोद रौनियार, रौनियार महिला मञ्चकी अध्यक्ष वनदना रौनियार लगायतको अन्य पदाधकारीहरुको सहभागीता रहेको थियो ।





