दुहबी / इटहरी बजार क्षेत्रमा चितुवा पसेपछी स्थानियहरू त्रसित बनेका छन् । इटहरी जुट विकास र एकता टोल क्षेत्रमा चितुवा देखा परे पश्चात स्थानियहरू त्रसित बनेका हुन् । बिहान ५ बजे सो टोलमा देखा परेको चितुवालाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ । अहिले सो चितुवा एउटा चेपमा लुकेर बसेको स्थानिय बताउछन् ।
चितुवा नियन्त्रणकाे लागी प्रहरी, शसस्त्र प्रहरी , जिल्ला वन कार्यालयका कर्मचारीहरू खटिएका छन् । जितुवा हेर्नेहरुको भीडलाई नियन्त्रण गर्न प्रहरीलाई हम्मे हम्मे परेको छ । कोशी टप्पु वन्य जन्तु आरक्षबाट चितुवा नियन्त्रणका लागि जाली सहितको विज्ञ टोली पनि बोलाइएको छ ।
जुट विकास चौकको एकता टोलमा बिहानै चितुवा देखिएपछि सुरक्षित रहन इटहरी वडा नम्बर ६ वडाध्यक्ष दिवस पोख्रेलले समाजिक सञ्जाल फेसबुक मार्फत सबैलाई आग्रह गरेका छन् । उनले घर बाहिर ननिस्कन र सुरक्षित रहन अनुरोध गरेका छन् ।