दुहबी / सुनसरीको दुहबी नगरपालिका अन्तर्गत वडा नम्बर ८ को वडा कार्यालय भवनको आज बिधिवत उद्घाटन सम्पन्न भएको छ। वडा नम्बर ८ स्थित नया प्लटिङ्ग एरियामा निर्मित उक्त भवनको उद्घाटन प्रमुख अतिथि नगर प्रमुख बेद गच्छदारले गरेका थिए। उद्घाटन कार्यक्रमका सभापति तारिक चन्द्र सरदारको सभापतित्वमा सन्चालित उक्त कार्यक्रम मा प्रमुख अतिथी नगर प्रमुख बेद गच्छदार ,विशिष्ट अतिथी उपप्रमुख मेनुका खतिवडा ,विशिष्ट अतिथी प्रमुख प्रसाशकिय अधिकृत राजकुमार केसि लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रम मा बोल्दै नगर प्रमुख गच्छदारले नगरपालिका भित्रका कतिपय वडाहरको आफ्नै कार्यलय नभएको र आफ्नै भवन भएका वडाहरु पनि पुरानै सम्रचना रहेको अबस्थामा वडा नम्बर ८ ले नया भवन पाउन सफल भएको मा सम्पुर्ण वडा बासिहरु लाई बधाइ दिएका थिए। उनले आगामी आर्थिक बर्षको प्रारम्भ देखि नगरपालिका परिसर भित्र कुनै वडा कार्यलय नरहने र आफ्ना भवन नभएका वडाहरुले पनि तत्काल ब्यावस्था गर्न र इच्छा शक्ति भए आर्थिक पाटो मा आफू जोहो गरिदिने तर भवन निर्माण वा भाडामा भएनी जनताको हितलाइ ध्यानमा राखी पायक पर्ने स्थानमा सार्न आग्रह गरेका थिए।
गच्छदार ले कुनै ब्यक्तिविशेष को रिसले नगरपालिका भित्रका भौतिक सम्पत्ति तोडफोड ,झ्याल सिसा,तथा मोटर समेत चोरी नगर्न अनुरोध गर्दै आगामिदिनमा यस्तो कोहि कसैबाट नहोस भन्ने अपेक्षा राखेको थिए। आफुले २०७४ मा पनि र अहिले चुनाव जितेर पनि कसै नागरिक उपर दलिय टीका वा जातिय आधारमा भेदभाव नगरी सम्मानजन समान ब्यावहार गर्ने वचन दिएका थिए। नगरपालिका को सिमित श्रोत साधनको परिचालन गरि अन्य बिदेशी दातृनिकाय हरुसग एकल पहल र बिन्ती गर्दै करोडौं को ठुला र ऐतिहासिक योजना हरु नगरपालिका भित्र पार्न सफल भएपनी अपेक्षाकृत मत नआएको प्रती गुनासो गर्दै बिकास बुझ्ने हरुले साथ सहयोग गरेकै कारण जित्न सफल भएको बताउदै उनले आगामी दिनमा निर्माणाधिक बहु आयामिक योजना सफल पारेरै छाड्ने बताएका थिए।
एउटा समृद्ध नगरपालिका बन्नक लागि सडक,बिजुली,खानेपानी,स्वास्थ्य सस्था,ब्यवस्थित हाटबजार,फोहोर ब्यावस्थापन, कृषि प्रशोधन,कोल्ड स्टोर,गुणस्तरीय शिक्षा आबस्यक रहेको हुदा आफू सोही योजना मुताबिक बिकासको मोडल बनाइ तिब्रता दिएको बताउदै गच्छदारले ३० करोड को लगानिमा रमपम अगाडि एग्रो मेकानिक,एग्रो इन्जिनियरिङ्ग,एग्रो प्रोसेसिङ्ग र औद्योगिक प्रशिक्षार्थी उत्पादन गर्ने र युवालाइ स्वरोजगार,रोजगार,साथै बिदेश नै गएपनी उचित तलब कमाउन सक्ने गरि दक्ष जनशक्ति उपदान गरि आर्थिक जिबनस्तर उकास्न लागिपरेको बताए।
उनले भने आगामी ५ बर्समा दुहबी नया युगमा प्रबेश गरिसक्ने बताउदै अब ल्यान्ड पुलिङ्ग सिस्टम बाट २० बिगाह क्षेत्रफलमा सुबिधा सम्पन्न,बातावरण मैत्री एकीकृत बस्ती बिकास गर्ने योजना रहेको र यसमा सबै राज्निती दल,नागरिक समाज,र नगरबासिले साथ सहयोग गर्नु पर्ने बताएका थिए।
कार्यक्रम मा बोल्दै उपप्रमुख मेनुका खतिवडाले मानबिय बिकाश नभै अन्य भौतिक बिकासले मात्रै औचित्य पुष्टि गर्न नसक्ने बताउदै पारदर्शी ढङ्गले काखपाखा नगरी न्यायिक समिती मार्फत समान न्याय प्रवाह गर्ने बताएकी थिइन।
प्रमुख प्रशाशकिय अधिकृत राज कुमार केसिले वडाबसी हरुका लागि वडा कार्यलय सिहदरबार भएको औल्याउँदै यहाँ बाट हरेक नागरिकले चुस्त दुरुस्त सेवा पाउने र सुशासनमुखी,जनतामुखी सर्वोपरी हित हुनेगरी नितिनियम बनाउन आग्रह समेत गरेका थिए।
वडा अध्यक्ष तारिक चन्द्र सरदारले बिगतमा दरिद्र मानसिकता बोकेका बिकास बिरोधी तत्वहरुले प्रतिशोधका आधारमा भ्रस्टाचार मुद्दा लगाइ काम गर्न नदिएको तर यसपटक पुनः जनताले अनुमोदन गरि जिताएर पठाएको हुदा आफ्नी आमालाइ साक्षी राखेर एक पैसा भ्रस्टाचार नगर्ने कसम खाएका थिए। ” मेरि आमालाइ साक्षी राखेर भन्छु,यदि मैले भ्रस्टाचार गरे भने आमाको रगत पिउछु” भन्दै उनले म गुउम्ने कुर्सिमा बस्न न आएको जनताको सेवक बनेर जनताकै काम गर्ने वचन बद्दता गरेका थिए। वर्गीकरण का आधारमा नागरिकलाइ निशुल्क स्वास्थ्य बिमा,बिजुली जडान गर्न नसकेका हरुलाइ तार र मिटर उपलब्ध ,र सामुदायिक बिधालय का विद्यार्थीलाई रु १५ खाजा खर्च वडाले ब्यहोर्ने समेत उनले बताए। ” म गरिब हो तर दरिद्र होइन भन्दै उनले दरिद्र मानशिक रोगिहरु को कारण बिकाश नभएको त्यस्ता बाट जनताहरु टाढै बस्न अनुरोध गरेका थिए।
कार्यक्रम को सन्चालन वडा सचिव रोहित पराजुली ले गरेका थिए।