दुहबी / नेपाली काँग्रेसका ८ जना कार्यपालिका सदस्य निर्वाचित भएका छन् । आज बिहिवार साझ ५ बजे सम्म मनोनयन दर्ता गर्ने समय सिमा निर्वाचन अधिकृत को कार्यलय दुहबी ले दिए पनि उक्त समय सिमा भित्र नेपाली काङ्ग्रेस बाहेक अन्य दलहरुले उम्मेद्बारी मनोनयन नगरेको हुदा स्वतह निर्वाचित भएको जानकारी निर्वाचन अधिकृत सड कुमार पोखरेल ले जानकारी दिएका छन।
आज अन्तिम परिणाम घोषणा गर्न समयको अभावका कारण नसकिएको र भोलि १० बजे पछि मात्रै सार्वजनिक गर्ने र प्रमाणपत्र बाढ्ने उनल जानकारी दिएका छन।
कार्यपालिका सदस्यको जिम्मेवारी पाउनेहरूमा अल्पसङ्ख्यकबाट जयब्रत सरकार वडा नम्बर ६ ,दलित तर्फबाट धर्मेन्द्र ऋषिदेव वडा नम्बर ९ बाट र ललिता सदा हरिजन वडा नम्बर १०,निर्वाचित भएका छन।त्यसैगरी निर्वाचित दलित तथा महिला सदस्यहरूबाट बबितादेबी थरुनी वडा नम्बर ७,,सरिता कुमारी रिसिदेव वडा नम्बर ४,ललिता चौधरी वडा नम्बर १२ ,सरिता मुसर्नी वडा नम्बर ८, र मिना श्रेष्ठ वडा नम्बर ५ गरी ८ जना रहेको निर्वाचन अधिकृत सड कुमार पोखरेल ले जानकारी दिएका छन् । कार्यपालिका सदस्यको निर्वाचनमा एमाले तर्फबाट कसैको उम्मेद्बारी नपरेको जनाए ।
गत ३० गते भएको निर्वाचनमा दुहबी नगरपालिकामा काँग्रेस पार्टीबाट मेयरमाबेद नारायण गच्छदार , उपमेयरमा मेनुका खतिवडा साथै ८ जना वडा अध्यक्ष तथा ३७ जना वडा सदस्य रहेका थिए।