दुहबी / सुनसरीको दुहबी १० सिमरीया स्थित रहेको आरती ईंटा उद्योगले विद्युत चोरी गरी उद्योगनै संचालन गरेको भन्दै उद्योगमा प्रयोग गरेका विद्युतिय सम्पुर्ण सामाग्री जफत गरेको नेपाल विद्युत प्राधिकरण दुहबी वितरण केन्द्रका प्रमुख राम उदगार साहले जनाएका छन ।
साहका अनुसार सो उद्योगले विधुत चोरी गरी उद्योग संचालन गर्दै गरेको विशेष सुचनाको आधारमा सोमबार उद्योग परिसर भित्र बाट २ थान मोटर ४ सय मिटर कालो तार फ्लेक्जीबल तार २ सय मिटर ६ थाल हालोजीङ लाइट लगायत विद्युतिय सामाग्री जफत गरेको बताए ।
जफत गरेको विद्युतिय सामाग्रीको मुल्यांकनको आधारमा बिगो दाबी गरी कार्वाही अगाडी बढाउने साहले बताए ।
आरती ईंटा उद्योगका संचालक राज कुमार रौनियार हुन।
रौनियार माथी सो भन्दा अगाडी दुहबी खानेपानीको मिटर बाट चोरी गरेको आरोप थियो भने केही बर्ष अगाडी बिल महसुल नतिरेको भन्दै विद्युत प्राधिकरण दुहबी वितरण केन्द्र संग हाल पनि उच्च अदालत बिराटनगरमा मुद्दा चलिरेको प्राधिकरणले जनाएको छ ।
यता आरती ईंटा उद्योगले दुहबी १० स्थित रहेको श्री जनता माबी विद्यालय व्यवस्थापन समितिको मिलोमतोमा विद्यालयको जग्गा निजि उद्योग प्रयोजनको लागि बाटो प्रयोग गरिरहेको भन्दै केही दिन अगाडि सो बीषयमा आरती ईंटा उद्योग विरुद्ध अख्तियारमा उजुरी समेत परेको छ।





