दुहबी / सुनसरीको दुहबीमा ठेकेदारले निर्माणमा ढिलासुस्ती गरेको भन्दै स्थानीयवासीले दुहबी-ईनरुवाको सडकमा आवागमन अवरुद्ध पारेका छन् ।
दुहबी-ईनरुवा सडक आसपासका स्थानीयवासीले ठेकेदार कम्पनीले लामो समयदेखि निर्माणमा बेवास्ता गरेकाले यातायात अवरुद्ध पारेका हुन् । स्थानीयवासीले सडकमा बांस तेर्साएर सडक अवरुद्ध पारेका छन् ।
स्थानीय प्रताप कोईरालाका अनुसार निर्माणकार्य ढिलाइ हुँदा आफूहरु बाध्य भएर बाटो नै बन्द गरेको बताए । “धूलोले सास्ती दिन थालेको महिनौं भइसक्यो, गाडीबाट ढुङ्गा उछिट्टएर बालबालिका घाइते हुनुका साथै पसलका सामानमा समेत क्षति पुगिरहेको छ”, उनले भने , “निर्माण व्यवसायीले तत्काल निर्माणको काम अघि नबढाउँदासम्म सडक सञ्चालन गर्न दिनौंँ उनले भने।
उता सोही बिषयमा निर्माणकार्यको जिम्मा पाएका साह निर्माण सेवाका इंजीनियर जय कुमार साह भन्छन पानी नपरे आज बाटनै काम सुरु हुने बताए ।





