दुहबी / सुनसरीको दुहबीमा बिगत २ महिना देखि शुद्ध सफा खानेपानी न पाएको भन्दै दुहबीवासीले आन्दोलन सुरु गरेका छन्। दुहबी खानेपानी योजनाको मुल उपभोक्ता समिति विरुद्ध स्थानीयहरुले आज खवरदारी जुलुस गरेर बजार परिक्रमा गरेका छन् ।
खवरदारी जुलुसमा स्थानीय युवाहरुले शुद्ध सफा खानेपानी स्थानीय सरकारको मुख्य जिम्मेवारी भन्दै स्थानीय सरकार आँखा खोल, खानेपानीको भ्रष्टाचार बन्द गर जस्ता नारा लगाएका थिए।
स्थानीय रानि अग्रहरिको संयोजकत्वमा अहिलेलाई ५० जनाको संघर्ष समिति गठन गरिएको छ। दुहबीमा खानेपानीको समस्या समाधान न भए चरणबद्ध आन्दोलन गर्ने जनाइएको छ। दुहबी खानेपानी मुल उपभोक्ता समितिले २ महिना देखि प्राविधिक समस्या देखाउँदै दुहबीवासीलाइ पानीको समस्या दिदैं आएको छ।